Loading...
Loading...
मंसिर १४, भिमाद । भिमाद खेल मैदानमा जारी प्रथम भिमाद महोत्सवको पाँचौ दिन मंगलबार चर्चित लोक गायिका मुना थापा मगर र हास्य कलाकार कुमार कट्टेल 'जिग्री' र अर्जुन घिमिरे 'पाँडे'ले महोत्सव तताएका छन् ।
"कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन र व्यापार प्रथम भिमाद महोत्सव, हाम्रो विकासको पुर्वधार" भन्ने मुल नाराका साथ मंसिर १० देखि १९ गते सम्म आयोजित महोत्सवमा मंगलबार गायिका थापाले तिते करेली ,तिमी राम्रो हाँसोले, सरसर, पञ्जेबाजाको गीत मार्फत उपस्थित दर्शकहरुलाई नचाईन् । साथै चर्चित हास्य टेलि श्रृंखला भद्रगोलका जिग्री र पाँडेले नेपाली राजनितिक , सामाजिक विकृती प्रति व्यंग गर्दै दिएको प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
त्यस्तै गायक जिवन दाहाल, अकल बिरही गुरुङ, आयुष परियार, सन्दिप परियार, सरिता सारु, मालती राना र पप गायक एलबिन थापाले समेत प्रस्तुति राखेका थिए । भिमाद महोत्वसमा मंगलबार २५ हजार दर्शकले अवलोकन गरेका छन् भने १७ लाख बराबरको कारोबार भएको छ ।
Loading...
Loading...


0 comments:
Post a Comment