Ads

Monday, September 19, 2016

डुङगा दुर्घटनाको विषयमा छानबिन समिति गठन

Posted By: Samsung - 4:31 AM

इनरुवा, ३ असोज । शनिबार सुनसरीको प्रकाशपुर गाविस–५ राजावासस्थित सप्तकोसी नदीमा भएको डुङ्गा दुर्घटनाको विषयमा छानबिन समिति गठन भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले सप्तकोसी नदीमा डुङगा दुर्घटनाको विषयमा सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको सुनसरीका प्रजिअ मोहनबहादुर चापागाईंले जानकारी दिए ।
बैठकले सहायक प्रजिअ कमल थापाको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो । समितिको सदस्यहरुमा सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरे र राष्ट्रिय अनुसन्धानका अधिकृत मेघराज कँडेल रहेका छन् ।
समितिले सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । समितिलाई दुर्घटनाको कारण, बेपत्ताहरुको यकिन सङ्ख्या र बारम्बार हुने दुर्घटनाको कारण, समस्या र समाधानसहितको प्रतिवेदन बुझाउने जिम्मेवारी तोकिएको छ ।
श्रीलङ्का टापूबाट यात्रु लिएर आइरहेको डुङ्गा सप्तकोसी नदीमा दुर्घटना हुँदा १३ जना बेपत्ता भएको जिप्रका, सुनसरीले जनाएको छ । बेपत्तामध्ये १० जनाको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरु जीवितै भेटिने सम्भावन कम भएको प्रहरीले जनाएको छ ।
बेपत्ताको सङ्ख्या फरकफरक बाहिरिरहँदा प्रहरीले भने १३ जना मात्रै सम्पर्कविहीन रहेको स्पष्ट पारेको छ । बेपत्ता भएकाको खोजी कार्य आज तेस्रो दिनसमेत जारी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । रासस

Loading...
Facebook
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy