Loading...
न्यूजनेपाल २४
भदौ ३०, पोखरा ।
पर्वत हुवासकी इन्दिरा क्षेत्रि बहराइनको चर्चित म्यागजिन बहराइन कन्फिडेन्टलले आयोजना गरेको व्युटिफुल ओमेन अफ बहराइनको उपाधिको अन्तिम चरणमा प्रवेश गरेकी छन् । बहराइनमा बसोबास गर्ने विभिन्न देशका महिलाहरुमाझ म्यागजिनले क्षमता प्रर्दशनको निम्ति आह्वान गर्दा पहिलो पटक नेपाली चेली इन्दिराले सहभागिता जनाएकी हुन् ।
विश्बका विभिन्न देशका हजार बढी महिलाहरुले सहभागिता जनाएको उक्त स्पर्धामा उनिसँगै अन्य १० जना अन्तिम चरणमा पुगेका छन् । विगत १२ बर्षदेखि विदेशी भुमिलाई कर्मथलो बनाउदै आएकी इन्दिरा अन्तराष्ट्रिय कलाकार मञ्च बहराइनकी सकृय सल्लाहाकार हुन् ।
Loading...
उनलाई लाइक गर्नको लागि कृपया यहाँ क्लिक गर्नुहोला
Loading...


0 comments:
Post a Comment