भाद्र ३०, तनहुँ । उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्लागण्डकी–४, बेलचौताराको सातौँ साधरण सभा तथा तेस्रो अधिवेशन विहिबार सम्पन्न भएको छ । बेलचौताराको ताल डाडाँ सामुदायिक भवनमा भएको अधिवेशनले पदम ब. बानियाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा लुमादेवि पौडेल, सचिवमा रामचन्द्र भण्डारी, कोषाध्यक्षमा पदम प्रसाद शर्मा तिमल्सीना, सह सचिवमा सितादेवि तिमिल्सिना, सदस्यहरुमा विपिन वाग्ले, कृष्ण ब. थापा, सुर्य प्रसाद पौडेल, हरिश्चन्द्र ढुंगाना, महादेव अधिकारी र चन्द्र ब. शाही रहेका छन । यस्तै अधिवेशनले २ सदस्य पछि थप्ने गरि लेखा समितिको संयोजकमा मान कुमार तिम्ला लाई चयन गरेको सहकारीका प्रबन्धक कोमल ब. बानियाले बताए ।
यस अघि भएको औपचारिक कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला पशु सेवा कार्यालय तनहुँका पशु चिकित्सक बाबुराम जमरकट्ठेलले कृषि पेसा व्यवसायिमुखी हुन नसकेको बताए । निर्वाहमुखी कृषि पेसालाई सरकारले ल्याएको आयमुलक कार्यक्रमहरुको उपयोग गरी व्यवसायिक बनाउनु पर्नेमा उनले जोड दिएका थिए । उनले जिल्लामै घाँस उत्पादन, बंगुरको बच्चा र पाडा हुर्काउने जस्ता सरकारले ल्याएको कार्यक्रमहरु अपेक्षा अनुरुप सफल हुन नसकेको बताए । उनले भने ‘कृषक एवं युवाका लागी धेरै किसिमका कार्यक्रमहरु आएका छन् तर उपयोग हुन सकेको छैन ।’ व्यवसाय उन्मुख कृषकलाई पशु कार्यालयले खोजि–खोजी अनुदान दिने गरेको बताउदै दुग्ध उत्पादक कृषकहरुले चिलिम भ्याट स्थापना गर्न चाहेको खण्डमा आफुले पहल गर्ने बताए । पछिल्लो युवाहरु समय विदेश पलायनको समस्या विकराल बन्दै गएको उल्लेख गर्दै उनले अव विदेश पलायनलाई निरुत्साहित गरी स्वदेशमै आम्दानीको श्रोत बढाउन कृषिमा आधुनिक प्रविधिको प्रयोग गर्नु पर्नेमा जोड दिए । कृषि क्षेत्रको विकासको लागी विभिन्न कार्यक्रहरु आइरहेने हुंदा पशु कार्यालय र कृषि विकास कार्यालयसंग सहकार्य गरी अगाडी बढ्न उनले कृषि सहकारीहरुलाई सुझाव दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै पशु चिकित्सक हुमराज तिमिल्सेनाले उत्पादन मुलक कार्यक्रमबाट दिगो विकास गर्न सकिने हुदाँ सहकारीले संचालन गर्दै आएको कृषि कार्यक्रमलाई अझ बढाएर लैजानु पर्ने बताए । त्यसै गरी पशु सेवा कार्यालय बेलचौतराका प्रमुख राधेश्याम मल्लले कृषकहरु सरकारी सेवा सुविधाबाट बञ्चित हुनु परेको बताए । उनले शुक्लागण्डकी नगरपालिकामा पनि कृषक लक्षित कार्यक्रमहरु आउने तर कृषक समुह तथा संहकारीहरुलाई जानकारी नै नगराई नगरपालिकाले आनै ढङ्गले चलाएको आरोप लगाए । सरकारले युवा लक्षित कार्यक्रहरुमा बृद्धि गर्दै लगेको जानकारी गराउदैँ यस क्षेत्रका युवाहरुले बंगुर पालन, बाख्रा पालन लगायतका पशु पालन गर्न चाहे आफु प्राविधिक सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा सहकारीको आर्थिक वर्ष २०७२÷०७३ को वार्षिक प्रतिवेदन अध्यक्ष रामचन्द्र खनाल, सचिवको प्रतिवेदन सचिव डिल्लीराम पौडेल, लेखा समितिको प्रतिवेदन लेखा समितिकी सदस्य मालती वाग्ले र कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष पदम बहादुर बानियाले प्रस्तुत गरेका थिए । सहकारीले आर्थिक वर्ष २०७२÷०७३ मा ६ करोड ३५ लाख ३ हजार ५३६ रुपैया निक्षेप संकललन गर्नुका साथै ५ करोड ८० लाख ८१ हजार ३८३ रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ भने ८२ लाख ५५ हजार ३४० आम्दानी गरी ७४ लाख ३६ हजार ९८४ रुपैयाँ खर्च कटाएर ८ लाख १८ हजार ३४५ रुपैयाँ मुनाफा गर्न सफल भएको छ । कार्यक्रममा महिला शेयर सदस्यको तर्फबाट टिका देवी भट्ठराई र पुरुष शेयर सदस्यको तर्फबाट हेम प्रसाद पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारीले सम्मान कार्यक्रम अन्र्तगत सहकारीमा आवद्ध ८ वटा कृषि समुहलाई सम्मान गरेको थियो । जसमा सृजना कृषक समुह, शु.न.पा.–१, मिलिजुली कृषक समुह, शु.न.पा.–२, दुलेगौडा कृषक समुह, शु.न.पा.–३, कोत्रे कृषक समुह शु.न.पा.–१, बेलचौतारा कृषक समुह, शु.न.पा.–३, ढोरबाराही लहरी कृषक समुह शु.न.पा.–३, जनजागृति कृषक समुह शु.न.पा.– ५ र प्रगति कृषक समुह शु.न.पा.–४ गरी प्रत्यक समुहका अध्यक्षहरुलाई नगद ५ हजार सहित दोसल्ला ओढाएर सम्मान् गरिएको थियो ।
सहकारीका अध्यक्ष रामचन्द्र खनालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सहसचिव सीतादेवी तिमिल्सिनाले स्वागत, उपाध्यक्ष लुमादेवी पौडेलले धन्यवाद मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सदस्य टिकाराम पौडेलले गरेका थिए ।



0 comments:
Post a Comment