Ads

Sunday, September 18, 2016

डेढ करोड उपचार खर्चको विल बुझायो मोर्चाले ,थप १६ जनालाई सहिद घोषणा गर्न दबाव

Posted By: Samsung - 3:09 AM

Loading...

असोज , काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले डेढ करोडको उपचार खर्चको विल सरकारलाई बुझाएको छ ।मधेसी मोर्चाका नेताहरुले आइतबार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर मधेस आन्दोलनमा घाइते भएकाहरुको उपचारमा खर्च भएको रकमको विल पेश गरेका हुन् । ‘विभिन्न व्यक्तिको ४२/४३ लाखको विल छ,’ सदभावना पार्टीका महासचिव मनिष सुमनले अनलाइनखबरसँग भने, ‘विभिन्न अस्पतालको झण्डै ९० लाख छ ।’
उनका अनुसार यो रकम मधेसी मोर्चालाई नभई सम्वन्धित अस्पताल र व्यक्तिलाई दिन आग्रह गरिएको छ । मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार वीर, शिक्षण, धरान, बिराटनगर र भैरहवा लगायतका अस्पतालमा भएको थियो । ति अस्पतालमा उपचार भएको रकम तिर्न बाँकी छ ।यस्तै घाइतेहरुले आफ्नै खर्चमा गरेको उपचारको पनि विल सकारलाई बुझाइएको छ । जसमा शिक्षण अस्पतालमा उपचाररत श्रवण झाको झण्डै ५ लाख र भोगेन्द्र यादवको अझै ७ लाख रुपैयाँ छ ।

Loading...

सहिद घोषणाका लागि दबाव
मधेसी मोर्चाले आन्दोलनका क्रममा मारिएका थप १६ जनालाई सहिद घोषणाका लागि दबाव दिएको छ । यसअघि बुझाएको सूचीमा रहेका ६८ जना मध्ये ५२ जनालाई सहिद घोषणा गरिएको छ ।बाँकीलाई सहिद घोषणा गर्न भनिएको सुमनले बताए । यो सूचीमा वीरगञ्जमा मारिएका भारतीय नागरिक आशिष राम र महोत्तरीमा आत्महत्या गरेका एक व्यक्ति पनि छन् ।यस्तै आन्दोलनका क्रममा अंगभंग भएकाहरुको सूची पनि गृहमन्त्रीसमक्ष पेश गरिएको छ ।भेटमा गृहमन्त्री निधिले यसबारे साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकमा छलफल गर्ने बताएका छन् ।

यो पनि पढ्नुस्:सन्तोष पन्तविरुद्ध यौन दुर्व्यवहारको उजुरी


Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy