Loading...
असोज २,काठमाडौं । भारत प्रशासित कश्मीरमा आइतबार विहान विद्रोही समूहको आक्रमणबाट १७ सैनिकको मृत्यु भएको छ । घटनामा चार जना विद्रोहीहरु पनि मारिएका छन् ।समाचार एजेन्सी पिटीआईका अनुसार बारामुलाको उरी सेक्टरस्थित सैन्य इलाकामा आत्मघाती हमला बिहान साढे पाँच बजेतिर भएको थियो ।
बीबीसीका अनुसार सेनाहरु बस्दै आएको स्थानमा आगो लागेको छ । कैयौं सैनिकहरु घाइते भएका छन् । सेना र विद्रोहीहरुबीच भुठभेड जारी रहेको समाचारमा उल्लेख छ ।घटनामा घाइते भएकाहरुलाई हेलिकोप्टरमार्फत् अस्पताल पठाइएको छ ।
घटनापछि सेनाध्यक्ष जनरल दलबीर सिंह सुहागको टोली कश्मीर पठाइएको छ ।यसैबीच भारतीय गृहमन्त्री राजनाथ सिंहले कश्मीर हमलापछि आफ्नो विदेश भ्रमण स्थगित गरेका छन् । सोमबार रुस र अमेरीका जाने उनको पूर्वनिर्धारित कार्यक्रम थियो ।
राजनाथ सिंहले ट्वीटमार्फत् गृहसचिव र गृहमन्त्रालयका वरिष्ठ अधिकारीहरुलाई जम्मु काश्मीरको अवस्थामा नजर राख्न निर्देशन दिएका छन् ।कश्मीरमा पछिल्लो ७० दिनदेखि तनाव जारी छ । बकर इदको अवसरमा सबै दस जिल्लाहरुमा कर्फ्यू लागेको छ ।
यो पनि पढ्नुस्:सन्तोष पन्तविरुद्ध यौन दुर्व्यवहारको उजुरी
Loading...
Loading...


0 comments:
Post a Comment