Ads

Wednesday, September 21, 2016

यामाहाले एउटै मोटरसाइकलमा ७८ हजार फाइदा लिने गरेको खुलासा, कालो बजारीको यस्तो छ चरम रुप

Posted By: Samsung - 11:37 AM
Above article
Loading...
Middle post
Loading...

असोज ५ । मोटरसाइकल किन्न जाँदा छुट दिनबाट टक्टकिने बिक्रेताको अनुहार तपाईलाई कत्तिको याद छ ? मोटरसाइलमा खास फाइदा हुँदैन भन्दै दशैं, तिहार, नयाँ बर्षमा राखिएको विशेष अफर बाहेक बिक्रेता छुट दिंदैनन् । त्यसैले यस्तो अफरका बेला किन्नका लागि ग्राहक झुम्मिने गर्दछन् । तर, केही हजार छुट दिएर ग्राहकबाट हजारौँ लुट गरिररेहको तथ्य नेपाल आजले फेला पारेको छ ।

नेपालआजलाई प्राप्त गोप्य कागजातअनुसार भारतीय उत्पादन यामाहाका विभिन्न ब्रान्डका मोटरसाइकलहरुमा बिक्रेताले ५० प्रतिशतसम्म मुनाफा राखेको पाइएको छ ।
यामाहाको रे–जेड स्कुटीको वास्तविक मूल्य अर्थात भारतबाट ल्याउँदा परेको खर्च १ लाख १६ हजार ९ सय ३ रुपैया २० पैसा मात्रै हो । तर, बिक्रेताले यसमा ५७ हजार ९ सय ९६ रुपैया ८४ पैसा जोडेर लिन्छन् । किनेको मूल्यमा ४९ दशमलव ६१ प्रतिशत नाफा राखेर बेच्दा अहिले यो स्कुटीको मूल्य एक लाख ७४ हजार ९ सय पर्ने गर्छ ।
यामाहा कै फ्यासिनो ब्रान्डको स्कुटीमा पनि कानुनले तोकेभन्दा बढी मुनाफा राखेको पाइएको छ । यामाहा मोटरसाइकलको नेपालमा आधिकारिक बिक्रेता मोरङ अटो वर्क्स इन्टरप्राइजेज हो । मोरङ अटोले भन्सार छुटाएर ल्याउँदा फ्यासिनो स्कुटीको मूल्य १ लाख ३१ हजार २२ रुपैयाँ छ । यसमा ५९ हजार ८ सय ७७ रुपैयाँ नाफा राखेर बिक्री गर्ने गरिन्छ ।

कलेज पढ्ने युवतीहरुको रोजाईमा पर्ने स्कुटीमा उच्च नाफादर छ । आफ्ना छोरीहरुको दवावका कारण अभिभावकहरु नचाहेर पनि स्कुटी किन्न बाध्य हुन्छन् । स्कुटीमा अचाक्ली नाफाखोरी भेटिएको छ ।
यामाहाकै स्यालुटोमा पनि नाफा प्रतिशत उच्च छ । यसमा बिक्रेताले उपभोक्ताबाट ५१ हजार ८२ रुपैयाँ नाफा लिन्छन् । यसको बजार मूल्य अहिले १ लाख ८४ हजार ९ सय छ ।
यामाहाको एस जेड एसआरमा ५७ हजार २३१ रुपैयाँ नाफा राखिएको छ । यसको मूल्य २ लाख ११ हजार ९ सय छ ।
त्यस्तै यामाहाको एफजेड एस एफ आइमा ६८ हजार ३०३ रुपैयाँ नाफा छ । यसको मूल्य २ लाख ६० हजार ९ सय छ ।
यामाहा एफ जेड १६ एफआइमा ६५ हजार ३४३ रुपैयाँ नाफा छ । यसको बजार मूल्य २ लाख ५१ हजार ९ सय छ ।

यामाहा वाइजेडएफ आर १५ मा ७८ हजार ६४० रुपैयाँ नाफा छ । यसको बजार मूल्य ३ लाख ४८ हजार ९ सय छ ।

कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले सामान्य अवस्थामा सयकडा २० प्रतिशतभन्दा बढी नाफा लिन नहुने उल्लेख गरेको छ ।

सो ऐनको दफा ३ मा लेखिएको छ – ‘दफा २ अन्तर्गत मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेछ ।’

ऐनले डिलर, एजेन्ट आदिलाई मुनासिब कमिसन दिन रोकको छैन । तर, यदि डिलर, सब डिलर गरेर तीन तह बनाउने र सबैमा सयकडा २० प्रतिशत मुनाफा राख्ने हो भने कुनै पनि वस्तुमा न्यूनतम ६० प्रतिशत नाफा राख्नै पर्ने हुन्छ । ऐनले निर्दिष्ट गरेका प्रावधानको अपव्याख्या गरेर पनि केही व्यापारीले मूल्य तोक्ने गरेको पाइएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ भन्छन्, ‘भन्सार तिरेपछि कायम हुने मूल्यमा अधिकतम २० प्रतिशत नाफा राख्न पाइन्छ । तर व्यापारीहरुले त्यसरी मूल्य राख्दा त व्यापार चलाउन सक्दैनौं भन्ने गरेका छन् । सक्नु हुन्न भने उपभोक्ता लुट्ने व्यापार बन्द गर्नुस भन्ने गरेका छौं ।’

उपभोक्ता लुट्ने मूल्य किन राख्नु भएको भन्ने प्रश्नको जवाफमा मोरङ अटो वर्क्सका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल भन्छन्, ‘हामीले अप्राकृतिक नाफा राखेका छैनौं । देशको नियम तोडेका पनि छैनौं । नाफा सबै हामी एक्लैले खाने पनि होइन । विभिन्न तहमा नाफा बाँडिन्छ ।’

५० प्रतिशतसम्म नाफा राखेर मोरङ अटो वर्क्सले स्कुटीहरु बिक्री गर्छ । उसले आफ्नो डिलर नियुक्त गरेर तह निर्माण गरेको छ । ‘विभिन्न तहमा नाफा बाँड्नु पर्छ भन्ने बहानामा तोकिएभन्दा बढी नाफा राख्न पाइँदैन ।’ एक उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

यामाहाको मात्रै होइन हिरो, बजाज, होन्डा, टिभिएसलगायत दुई पांग्रेको विवरण क्रमश नेपाल आजलाई प्राप्त भइरहेको छ । यस्तो लुट चार पांग्रेमा पनि भेटिएको छ । हुन्डाईको एउटै कार बेच्दा ६० प्रतिशतसम्म मुनाफा राखेको पाइएको छ ।
(हामीलाई प्राप्त सूचानलाई थप पुष्टी गरी छिट्टै अर्को भाग प्रकाशित गर्ने छौँ ।)

Under article
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy