Loading...
सुरज गैरे 'विवश'
असोज ५, पोखरा ।
नेपाली लोक दोहोरी क्षेत्रमा नव सर्जक पिताम्बर पाण्डेले “ए न्याउली” बजारमा ल्याएका छन् । पाण्डेको शब्द तथा लय सिर्जना रहेको गीत चर्चित गायक खुमन अधिकारीको एकल स्वरमा रहेको छ । गीतमा न्याउली चरीलाई एक्लै नसम्झन भनिएको छ । गीत भावना म्युजिक सोलुसनबाट बजारमा आएको हो ।
निकै नै मर्मस्पर्शी रहेको गीतको म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् । बिल अधिकारी र खुशी क्षेत्रीले उत्कृष्ट अभिनय गरेका छन् । गीतमा राजेश घिमिरेको छायांकन र सुजन शाहीको सम्पादन छ ।
गीतमा पिताम्बर पाण्डे र सुरज शर्माले संयुक्त लगानी गरेका छन् । यसअधि पाण्डेको लय सिर्जनामा रहेको गीत 'लगाईदिउला सिक्री' बजारमा आएको थियो ।
गीतलाई न्यूजनेपाल २४ को तर्फबाट सफलताको शुभकामना ।
कृपया अन्य भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...
Loading...
Loading...



0 comments:
Post a Comment