आज वि.सं. २०७३ आश्विन ०६ गते बिहीबार तदनुसार ई. सं. २०१६ सेप्टेम्बर २२ तारिख
आजको चाडपर्व र उत्सव : सोह्रश्राद्ध अन्तर्गत सप्तमी श्राद्ध
आश्विन कृष्णपक्षको षष्ठी तिथि, दिउँसो ११:०९ बजेसम्म, त्यसपछि सप्तमी तिथि,
रोहिणी नक्षत्र, बेलुका १०:०८ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र,
आजको चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त),
वज्र योग, बिहान ०८:३० बजेसम्म, त्यसपछि सिद्धि योग,
बब करण, बेलुका १०:०२ बजेसम्म त्यसपछि बालब करण,
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५२ बजे र सूर्यास्त : साँझ ०५:५९ बजे
आजको राहुकाल, यमघण्ट र गुलिककाल :–
राहुकाल : दिउँसो ०१:२६ देखि ०२:५७ सम्म
यमघण्ट काल : बिहान ०५:५२ देखि ०७:२३ सम्म
गुलिककाल : बिहान ०८:५४ देखि १०:२४ सम्म
आजको बारबेला :–
शुभ वारवेला : बिहान ०५:५२ देखि ०७:२३ सम्म, साँझ ०४:२९ देखि ०७:२८ सम्म र मध्यरात्रीपछि ०४:२३ देखि ०५:५२ सम्म
अमृत वारवेला : दिउँसो ०१:२६ देखि ०२:५७ सम्म र बेलुका ०७:२८ देखि ०८:५७ सम्म
चर वारवेला : बिहान १०:२४ देखि ११:५५ सम्म र बेलुका ०८:५७ देखि १०:२६ सम्म
रोग वारवेला : बिहान ०७:२३ देखि ०८:५४ सम्म र बेलुका १०:२६ देखि ११:५५ सम्म
काल वारवेला : दिउँसो ०२:५७ देखि ०४:२८ सम्म र मध्यरात्रीपूर्व ११:५५ देखि ०१:२४ सम्म
लाभ वारवेला : दिउँसो ११:५५ देखि ०१:२६ सम्म र मध्यरात्रीपछि ०१:२४ देखि ०२:५४ सम्म
उद्वेग वारवेला : बिहान ०८:५४ देखि १०:२४ सम्म र मध्यरात्रीपछि ०२:५४ देखि ०४:२३ सम्म
Loading...
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यवसायको सन्दर्भमा टाढाको यात्राको सम्भावना देखिन्छ । सोचेको काम बनाउन अनायासै खर्च बढाउनु पर्ने हुनसक्छ । वैदेशिक यात्रा वा कामकाजबाट भनेजस्तो फाइदा लिन सकिने छैन । जतिबेला पनि मनमा डर र त्रासको निवास हुने भय छ । मनको निराशाभाव र आत्मबलको कमीले गर्नै पर्ने काममा बाधा पुग्नसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रतिस्पर्धामा विजय प्राप्त गर्न निकै खट्नु पर्नेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने अवसर पाइनेछ, तर जान्नेबुझ्नेको राय लिनु राम्रो हुनेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । गरेका काममा ढिलासुस्ती हुने योग छ । श्रमको प्रतिफल पाउन प्रतीक्षा गर्नुपर्छ । ज्ञान र बौद्धिकताका क्षेत्रमा समय दिन सकिंदैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । समयमा होसियार बन्न नसक्दा खर्च मात्र हुनेछ । आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पादन हुन सक्छ । प्रतिष्ठा कमाउने बेला छ । घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनमा चिन्ता, शङ्का र छटपटी उब्जने छ । पिताको सेवासुश्रुषामा समय दिनु राम्रो हुनेछ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ । कठिन चुनौती सामना गर्नुपर्ला । नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । तर हिम्मत र साहसका साथ संयम भई कर्म गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । माङ्गलिक कार्य सम्पन्न गर्दा खर्चबर्चमा नियन्त्रण गर्न सकिंदैन । फजुलको यात्रा र घुमघामको सम्भावना छ । गरेका कामको सर्वत्र आलोचना हुनसक्छ । मनमा निराशा र वैराग्यका बादल मँडारिने सङ्केत छ । तर आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ ।
Loading...
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मनमा कताकता निराशा र डर भए पनि कामबाट प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सीदलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ । आफन्तबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने लगनशीलताले फाइदा हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । व्यापार–व्यवसायमा सामान्यतया लाभै हुनेछ । आकस्मिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा किचलोको सम्भावना पनि छ । परिवारजन टाढिन सक्छन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन प्रतिस्पर्धा र सङ्घर्ष गर्ने समय छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला । शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
राम्रो दिन छैन । बनिसकेको काम बिग्रन सक्छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । काममा लगानीको समय छ । आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुनसक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अल्छीपन र आलस्य त्याग्न सके आजको दिन राम्रै छ । मिश्रित फल प्राप्त हुने सम्भावना छ । लापरबाही गरेमा कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ ।
Loading...


0 comments:
Post a Comment