काठमाडाैं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको कार्यकारी प्रमुखका रुपमा दोस्रो पटक सिंहदरबारको बागडोर सम्हालिरहेका छन् । १९ साउनमा संसदबाट नेपालको ३९ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएकाले दाहालको क्याबिनेट झण्डै एक महिना बित्नलाग्दा पनि पूर्ण हुन सकेको छैन् ।
दाहालले यो अवधिमा चार चरणमा मन्त्रीमण्डल विस्तार गर्दै २७ मन्त्री र ४ राज्यमन्त्रीसहित ३१ सदस्यीय क्याबिनेट बनाइसकेका छन् । मधेशी र साना पार्टीहरु सरकारमा आइनसकेकाले उनको मन्त्रिमण्डल अझै ठूलो बन्ने देखिन्छ । सुरुमा २० साउनमा आफ्ना ५ जना मन्त्रीहरुसहित सपथ लिएका दाहालले त्यसको पाँच दिनपछि २५ साउनमा राप्रपा नेपालका दुई र नेकपा संयुक्तको एक गरी तीन जना मन्त्री थपे ।
आफ्नै पार्टीभित्र धेरै आकांक्षी देखिएपछि मन्त्री छान्न उनलाई हम्मेहम्मे प¥यो । जसका कारण दाहालले आफूले प्रधानमन्त्रीको सपथ लिएको १० दिनपछि ३० साउनमा पार्टीबाट थप ५ जना मन्त्रीलाई सपथ गराए । त्यही दिन दाहालले आफ्नो पार्टीको तर्फबाट ४ राज्यमन्त्री पनि नियुक्त गरे ।
तीब्र आन्तरिक विवाद देखिएपछि सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेसका मन्त्रीहरु सपथ गराउन उनलाई झण्डै २३ दिन लाग्यो । कांग्रेसभित्रको आन्तरिक भागवण्डामा सहमति भएपछि १० भदौंमा दाहालले चौथो पटक नेपाली कांग्रेसका थप १३ मन्त्रीहरुलाई क्याबिनेटमा सहभागी गराए । दाहाल क्याबिनेटका २७ मन्त्रीमध्ये १४ नयाँ अनुहार हुन भने १३ यसअघि पनि विभिन्न मन्त्रालयको कार्यभार सम्हालिसकेका छन् ।
१. पुष्पकमल दाहाल, प्रधानमन्त्री
२. विमलेन्द्र निधी, उपप्रधान तथा गृह
दाहाल क्याबिनेटका दोस्रो बरियतामा पर्छन्—विमलेन्द्र निधि । उपप्रधान तथा गृहमन्त्री निधि विं.सं. २०१३ साल असोज १० गते धनुषाको नगराईनमा जन्मिएका हुन् । नेपाली कांग्रेसभित्र मधेशमा विपी कोइरालाका विश्वासपात्र मानिने पुराना नेता महेन्द्रनारायण निधिका छोरा हुन् उनी ।
बुवाको लिगेसीमा राजनीति गर्ने नेताका रुपमा उनको छवि कांग्रेसभित्र स्थापित छ । निधिले वि.सं. २०२६ सालदेखि राजनीति सुरु गरेका हुन् । उनी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको राजनीतिक पृष्ठभूमीबाट आएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टी विभाजनदेखि नै साथ दिदैं आएका निधि उनका सबैभन्दा नजिकका विश्वासपात्र मानिन्छन् । त्यसैले देउवाले उनलाई पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने जिम्मेवारीसहित वर्तमान सरकारमा प्रभावशाली गृहमन्त्रालयको जिम्मेवारीमा पठाएका हुन् ।
सामान्य प्रशासन मन्त्री, उद्योग तथा वाणिज्य मन्त्री, शिक्षा तथा खेलकुद मन्त्रीजस्ता मन्त्रालय कार्यभार सम्हालिसकेका निधिको छवि धुमिल छ । उनी स्व. सुशील कोइराला नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भारतको प्रभावमा परेर ‘फास्ट ट्रयाक’ राष्ट्रहित विपरित भारतीय कम्पनीलाई दिन कम्मर कसेर लागेका थिए । जसका कारण निधिलाई भारतपरस्तको आरोप लागेको थियो ।
निधिले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । निधि २०६४ तथा २०७० को संविधानसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनका दुई छोरा छन् । उनले ओली सरकार गिराएर दाहालको नेतृत्वमा नयाँ सरकार गठनका लागि पनि लामै दौडधुप गरेका थिए ।
३. कृष्णबहादुर महरा, उपप्रधान तथा अर्थ
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को क्याबिनेटका रहने भनिएका दुई उपप्रधानमन्त्रीमध्येका एक हुन्—उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा । रोल्पाका स्थायी बासिन्दा हुन्, महरा । विं.सं. २०४८ सालमै रोल्पा—२ मा मशालबाट चुनाव लडेर उनले सांसद जितेका थिए ।
५८ वर्षीय महरा २०६४ सालमा भने दाङ—३ बाट संविधान सभामा विजयी भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा भने उनी रोल्पा १ बाट विजयी भए । महराले यसअघि उपप्रधान तथा गृहमन्त्री र सूचना तथा सञ्चारमन्त्रीको कार्यभार समेत सम्हालिसकेका छन् ।
कुनै समय माओवादीभित्रका प्रखर र स्वच्छ छवि भएका नेता मानिने महरा पछिल्लो समयमा सरकार परिवर्तन, चिनियाँहरुसँग भएको भनिएको आर्थिक लेनदेन, अख्तियार र धार्मिक आस्थासँग जोडिएर विवादमा आए । जसका कारण उनको उक्लदैं गरेको छवि क्रमशः ओरालो लाग्यो ।
वार्ता प्रक्रियामा सक्रिय भूमिका, माओवादीको महासचिवसम्मको भूमिका बहन र पार्टीभित्रको सन्तुलनकारी भूमिकाका कारण महरालाई प्रचण्डले मन पराउँछन् । पछिल्लो समयमा उनलाई प्रधानमन्त्री बनाउने ‘डिजाइन’ पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मिलेर महराले नयाँदिल्ली भ्रमणका क्रममा तयार पारेको बताइन्छ । उपप्रधान तथा अर्थमन्त्रीको बन्ने दौडमा उनले आफ्नै पार्टीका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’लाई उछिनेका हुन् ।
४. अर्जुननरसिंह केसी, शहरी विकास
नेपाली कांग्रेसबाट गृहमन्त्रालय दाबी गरेका केसीले उक्त मन्त्रालय नपाएपछि पहिलो चरणमा सरकारमै जान अस्वीकार गरिदिए । देउवाले गृहमन्त्रालय आफ्ना विश्वासपात्र विमलेन्द्रलाई दिएपछि अर्जुननरसिंह केसी सरकारमा नजाने आँकलन गरिएको थियो ।
तर, अन्ततः केसी सरकारमा नगएर रहन सकेनन् । उनी शहरी विकास मन्त्रीका रुपमा दाहाल क्याबिनेटमा सहभागी भए । वि.सं. २००४ सालमा नुवाकोटको राउतवेसीमा जन्मिएका केसीका लागि मन्त्रालयको जिम्मेवारी नयाँ होइन् । उनले यसअघि पनि भौतिक योजना तथा निर्माण, स्वास्थ्य, शिक्षाजस्ता प्रभावशाली मन्त्रालयहरुको अनुभव हासिल गरिसकेका छन् ।
केसीको विगत पनि उति सकारात्मक छैन् । २०१८ सालदेखि नै कांग्रेस राजनीतिमा लागेका केसी सत्ताकै लागि पञ्च बनेका थिए । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिकशास्त्रमा स्नाकोत्तर गरेका केसी २०५२ सालदेखि लगातार नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा छन् ।
२०५६ को संसदीय निर्वाचन र २०६४ को संविधानसभा निर्वाचनमा पराजित भएका २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा भने नुवाकोट—१ बाट संविधानसभामा विजयी भए । नेपाली कांग्रेसको सह—महामन्त्री समेत रहिसकेका केसी गत वर्षको फागुनमा भएको पार्टीको १३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा चुनाव लडेका थिए । जसमा उनले पराजय भोगे ।
रमाइलो संयोग नै मान्नुपर्छ, केसीका ज्वाइँ युवा नेता गगन थापा पनि दाहाल क्याबिनेटमा स्वास्थ्य मन्त्री भएका छन् । ज्वाइँ सुसुरा नै एउटै क्याविनेटमा मन्त्री हुने सौभाग्य प्राप्त भएका सम्भवतः केसी एकमात्र नेता हुन् । चार छोरी र एक छोराका पिता रहेका केसीले एलएलबी समेत गरेका छन् ।

५. रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायात
दाहाल क्याबिनेटमा भौतिक योजना तथा निर्माण मन्त्रालयजस्तो प्रभावशाली मन्त्रायलको जिम्मेवारी पाउने भाग्यमानी नेता हुन्—रमेश लेखक । सुदूरपश्चिमको कन्चपुरका लेखक कांग्रेस सभापति देउवाका विश्वासपात्र मानिन्छन् ।
वकालत पृष्ठभूमीका लेखक २०४७ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका छन् । लोकतन्त्र वहालीसँगै बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका श्रममन्त्री भएका थिए । उनी वि.सं. २०५६ सालमा संसदीय निर्वाचनमा कन्चनपुर ३ बाट सांसद बनेका थिए । संविधान दोस्रो निर्वाचनमा उनले कन्चनपुर चार बाट विजय हासिल गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट उनले कानुनमा स्नातक र राजनीतिकशास्त्रमा स्नाकोत्तर गरेका छन् । सुदूरपश्चिमका अर्को नेता एनपी साउद पौडेल क्याम्प भएका कारण देउवाले लेखकलाई साउदको चेकका रुपमा प्रस्तुत गर्दै अघि बढिरहेका छन् ।
उनले वर्तमान कांग्रेस—माओवादी गठबन्धन सरकार निर्माणका लागि पनि सक्रिय भूमिका खेलेका थिए । त्यसैको परिणाम नै मान्नुपर्छ, लेखकले भौतिक योजना तथा निर्माणमन्त्रीको पद हत्याउन सफल भए ।

६. जनार्दन शर्मा, उर्जा
रुकुममा प्रभावशाली युवा नेता हुन्— जनार्दन शर्मा ‘प्रभाकर’ । दोस्रो संविधानसभामा पार्टीले देशब्यापी पराजय ब्यहोरिरहँदा पनि रुकुम—२ बाट शर्माले विजय हासिल गरेका हुन् । पहिलो संविधानसभामा पनि उनले सोही क्षेत्रबाटैं जितेका थिए ।
युद्धकालमा जनमुक्तिको सेनाको कमिसार हुँदैं कमाण्डर बनेका उनी कुनै समय माओवादीको प्रमुख फौजको डेपुटी कमाण्डर थिए । पार्टीभित्रका प्रभावशाली नेता मानिने शर्मा अध्यक्ष प्रचण्डका विश्वासपात्र मात्रै होइनन्, उनको क्याम्पका प्रमुख खम्बा नै मानिन्छन् ।
शान्ति प्रक्रियामा आइसकेपछि प्रभाकर पहिलो संविधानसभापछि प्रचण्ड नेतृत्वमा बनेको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्री रहिसकेका छन् । प्रचण्ड क्याबिनेटमा मन्त्री छानिनुअघि उनी सार्वजनिक लेखा समितिका सभापति रहेका थिए ।
प्रचण्डलाई सिंहदबारसम्म पु¥याउनका लागि ट्रयाक खोल्ने काममा प्रभाकरको भूमिका महत्वपूर्ण मानिएको छ । यसअघि महरासँगै शर्माले पनि उपप्रधानसहित अर्थ मन्त्रालय दाबी गरेका थिए । तर, उनले उर्जामन्त्रीमै चित्त बुझाएका छन् ।
७. डा. प्रकाशशरण महत, परराष्ट्र
नुवाकोट कविलासका जन्मिएका डा. प्रकाशशरण महत दाहाल क्याबिनेटमा परराष्ट्रमन्त्री हुने सौभाग्यशाली हुन् । वि.सं.२०३६ सालमा नेविसंघबाट राजनीति सुरु गरेका हुन्, महतले । नेविसंघको महामन्त्री भएपछि अमेरिका हानिएका उनले त्यहीबाट अर्थशास्त्रमा पिएचडी गरे ।
नेपाल फर्केपछि २०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा महत उनको आर्थिक सल्लाहकार बने । देउवा प्रधानमन्त्री भएकै बेला नेपाली कांगे्रसमा विवाद चुलियो र विभाजन भयो । प्रकाशशरणले यहीनेर राजनीतिक फड्को मारे । उनी देउवाले गठन गरेको प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्य बने ।
त्यसयता उनी सदैव देउवालाई नजिकबाट सघाइरहेका छन् । त्यसैले त एक पटक पनि चुनाव नलडेर उनी यसअघि नै उर्जामन्त्री र परराष्ट्र राज्यमन्त्री बनिसकेका छन् । यस पटक पनि उनी समानुपातिक सांसद हुन् । तापनि, देउवा दाहिने भएपछि उनी परराष्ट्रजस्तो प्रभावशाली मन्त्रालयको जिम्मेवारी पाएर सरकारमा पुगेका छन् ।
उनले देउवाकै आर्शिवादमा योजना आयोगको सदस्य पड्काएका थिए । दुई सन्तानका पिता डा. महतले बिना महतसँग विवाह गरेका छन् । उनी मन्त्रालय सञ्चालनका सम्बन्धमा पत्नीमोहमा फस्ने गरेको आरोप कांग्रेसजनहरुले लगाउने गरेका छन् ।
यो भन्दा पनि रोचक पक्ष के छ भने उनी अन्तर्राष्ट्रिय अवार्ड जित्ने नेपालका एकमात्र अर्थमन्त्रीका रुपमा चिनिने डा. रामशरण महतका भाइ हुन् । तर, नेपाली कांग्रेसको राजनीतिमा यी दुई भाइ एक नदीका दुई किनाराजस्तै छन् ।
८. बालकृष्ण खाँड, रक्षा
बालकृष्ण खाँड कुनै समय नेपाली कांग्रेसका स्व. नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका विश्वासपात्र मानिन्थे । पछि उनी गिरिजाप्रसाद कोइरालाको गुटमा पुगे । त्यहाँ धेरै समय टिक्न नसकेपछि शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा गठन गरेको कांग्रेस प्रजातान्त्रिकतिर लागे ।
त्यसयता निरन्तर उनी देउवा क्याम्पमा छन् । त्यसैले देउवाले उनलाई दाहाल क्याबिनेटमा रक्षा मन्त्रालयजस्तो प्रभावशाली मन्त्रालयको जिम्मेवारी दिएर पठाए । कांग्रेसमा खाँड पनि विमलेन्द्र, प्रकाशशरणसँगै देउवाका विश्वासपात्रमा पर्छन् ।
रुपन्देहीका खाँडले महाधिवेशनपछि पार्टीमा महामन्त्रीको दाबी गरिरहेका थिए । देउवाले उनलाई महामन्त्रीको सट्टा महत्वपूर्ण मन्त्रालय दिएर सरकारमा पठाउने आश्वासन दिएका थिए । उनले संविधानसभाको दोस्रो निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ मा एमालेका प्रभावशाली नेता घनश्याम भुसाललाई झिनो मतले पराजित गरेका थिए ।
२०४८ सालमै सांसद जितेका उनी २०५१ सालमा भने एमाले नेता मोदनाथ प्रश्रितसँग पराजित भएका थिएँ । नेविसंघ र तरुण दलको अध्यक्ष हुँदैं नेपाली कांग्रेसको राजनीतिमा उदाएका खाँड कांग्रेसका प्रभावशाली युवा नेतामध्येमा पर्छन् ।

९. दीपक बोहोरा, आपूर्ति
कमैमात्र यस्ता भाग्यमानी नेता हुन्छन्, जसलाई पटक—पटक सत्ताको स्वाद चाख्ने अवसर प्राप्त हुन्छन् । राप्रपाका नेता दीपक बोहोरा त्यस्तै, भाग्यमानी नेता हुन्, जसले पञ्चायत, प्रजातन्त्रदेखि गणतन्त्रसम्म सदैव सत्ताको स्वाद लिने अवसर पाए ।
बहुचर्चित ‘मुसा छवि’मा देखिएका उनी ओली सरकारमा श्रम तथा रोजगारमन्त्री थिए । लगतै, दाहाल क्याबिनेटमा पनि उनले राप्रपाबाट आपूर्ति मन्त्रालय हात पारेका छन् । बोहोराले यसअघि श्रम तथा रोजगार, वाणिज्य, पर्यटन, आपूर्तिजस्ता मन्त्रालय सम्हालिसकेका छन् । बोहोरा पञ्चायत काममा विद्यार्थी मण्डलबाट राजनीति गर्थे ।
रुपन्देही—२ बाट चुनाव जितेका बोहोराका दुई वटा छोरी र एउटा छोरा छन् । उनी दाहालको क्याबिनेटमा आपूर्तिमन्त्री बन्न सफल भएका छन् । उनी राप्रपा संसदीय दलका नेता समेत हुन् ।
१०. सुर्यमान गुरुङ, श्रम तथा रोजगार
दाहाल क्याबिनेटका सबैभन्दा पाका मन्त्री हुन्, नेपाली कांग्रेसका सुर्यमान गुरुङ । ७५ वर्षीय गुरुङले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
जीवनभर कोइराला क्याम्पबाट राजनीति गरेपनि सुर्यमानलाई मन्त्री पदको उपहार भने देउवा क्याम्पबाट प्राप्त भयो । गत वर्ष सम्पन्न १३ औं महाधिवेशनमा उनी पहिलोपटक देउवा क्याम्पमा पुगेका थिए । सुर्यमान २०१७ सालमा विपी कोइरालालाई अपदस्त गरी राजाले आफ्नै हातमा सत्ता लिएपछि पूर्वी जिल्लामा कांग्रेसले थालेको सशस्त्र संघर्षका सहकमाण्डर समेत हुन् ।
पहिलो संविधानसभामा ताप्लेजुङ—१ बाट प्रत्यक्षतर्फको चुनाव जितेका गुरुङ दोस्रो संविधानसभामा समानुपातिक सभासद हुन् । कांग्रेसभित्र इमान्दार र सोझा नेताको छवि बनाएका उनले ५ वर्ष जेल र ९ वर्ष भूमिगत राजनीतिक जीवन बिताएका थिए ।
उनी २०५१ र २०५६ सालको निर्वाचनमा पनि ताप्लेजुङ—१ बाटै चुनाव लडेका थिए । उनलाई आदिवासी जनजातिको प्रतिनिधित्व गराउँदैं यस पटक कांग्रेसले मन्त्री बनाएको हो । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गुरुङ यसअघि २०६९ सालमा पनि उनी १३ दिनका लागि मन्त्री भएका थिए ।

११. गौरी शंकर चौधरी, कृषिमन्त्री
दोस्रो संविधासभामा कैलाली ४ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका सभासद हुन्—गौरी शंकर चौधरी । सुदूरपश्चिम तथा थारु समुदायको प्रतिनिधी भएका कारण पनि गौरीशंकर दाहाल क्याबिनेटमा मन्त्रीका रुपमा प्रवेश पाएका हुन् ।
माओवादी केन्द्रभित्र सुदूरपश्चिमका प्रभावशाली नेताहरु सभासद् छैनन् । जसका कारण ३४ वर्षीय गौरीशंकरले कृषि मन्त्रीको पद पड्काएका हुन् । ‘तारा’ उपनामले चिनिने उनी माओवादीको लडाकू विरासत बोकेका युवा सभासद हुन् । थारु र सुदूरपश्चिमलाई समेट्नुपर्ने आवाजलाई सम्बोधन गर्न माओवादी केन्द्र यी दुवै आवाजलाई निस्तेज पार्नका लागि पनि गौरीशंकरलाई मन्त्री बनाएको हो ।
यसअघि एमाले नेतृत्वको गठबन्धन सरकारमा सुदूरपश्चिमबाट कसैलाई नपारिएको भन्दैं माओवादीभित्र नेतृत्वको चर्को आलोचना भएको थियो । उनी माओवादी भित्रका ‘अनटेष्ट’ अनुहार हुन् ।

१२.दलजित श्रीपाइली, युवा तथा खेलकूद
रुकुममा माओवादी नेता हुन्—दलजित वि.क. श्रीपाइली ‘प्रशान्त’ । कुनै समय माओवादी सेनाको कमिसारका रुपमा कार्यरत उनी पछि कमाण्डर भएका थिए । शान्ति प्रक्रियामा आउँदा दलजित ब्रिगेड कमाण्डर थिए । रुकुमका श्रीपाइली दलित कोटाबाट मन्त्री बनेका हुन् ।
उनलाई माओवादीले समानुपातिकमा सभासद बनाएको थियो । संविधानसभामा भएको कुर्सी तोडफोड काण्डमा पनि उनी लडाकूकै शैलीमा अग्रपंक्तिमा देखिएका थिए । प्रचण्ड क्याबिनेटमा उनले युवा तथा खेलकुद मन्त्रालयको कार्यभार सम्हालेका छन् ।

१३. विक्रम पाण्डे, भूमीसुधार तथा ब्यवस्था
२६ वर्षदेखि राजनीतिमा क्रियाशील विक्रम पाण्डे दाहाल क्याबिनेटका भूमीसुधार तथा ब्यवस्था हुन् । राप्रपाको तर्फबाट मन्त्री बन्ने सौभाग्य पाएका पाण्डे दोस्रो संविधानसभामा चितवन—५ बाट विजयी भएका थिए ।
पहिलो संविधानसभामा उनी सोही क्षेत्रमा पराजित भएका थिए । सन् २०१३ मा पार्टीको महासचिव बनेका उनी त्यसअघि तीन पटक पार्टी केन्द्रीय सदस्य भएका थिए । उनले राप्रपाको युवा तथा विद्यार्थी फाँटबाट राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् ।
लमजुङमा जन्मिएका पाण्डे कालिका कन्स्ट्रक्सन नामक निर्माण कम्पनी सञ्चालन गर्छन् । ५६ वर्षीय पाण्डेका दुई छोरा छन् । उनी मन्त्री भने पहिलो पटक बनेका हुन् ।

१४. जयदेव जोशी, जनसंख्या तथा वातावरण
तीन सिटे दल नेकपा संयुक्तको तर्फबाट दाहाल क्याबिनेटमा जनसंख्या तथा वातावरण मन्त्री बनेका हुन्—जयदेव जोशी । यसअघि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार हुँदा पनि यो दल संयुक्त सरकारमा थियो ।
तर, जब सरकारविरुद्ध माओवादीले अविश्वासको प्रस्ताव दर्ता ग¥यो, संयुक्त पनि माओवादीसँगै त्यसको समर्थक बन्यो । साना दलको मुसा प्रवृत्तिमा संयुक्तले पनि आफ्नो नाम दर्ज ग¥यो । त्यही समर्थनको भाग स्वरुप जयदेवले दाहाल सरकारमा जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाए ।

१५. हितराज पाण्डे, संघीय मामिला तथा स्थानीय विकास
२० वर्ष लामो शिक्षक विरासतबाट भूमिगत राजनीतिमा लागेका पाण्डे गोरखा—२ बाट निर्वाचित सांसद हुन् । माओवादीभित्र युद्धकालमा सैन्य फाँटमा कमिसारको भूमिका समेत निर्वाह गरिसकेका उनी प्रचण्ड निकट नेताका रुपमा चिनिन्छन् ।
बाबुराम भट्टराईकै जिल्लाका भएपनि पाण्डेले प्रचण्डलाई सधैं सहयोग गरे । ६२ वर्षीया पाण्डेले नेकपा (चौम) बाट राजनीतिक यात्रा सुरु गरेका हुन् । पार्टीभित्र इमान्दार छविका नेताका रुपमा चिनिने पाण्डेले युद्धमै आफ्ना छोरा गुमाएका हुन् ।
मन्त्री बन्नुपू्र्व उनी माओवादी केन्द्रको प्रमुख सचेतकको जिम्मेवारीमा थिए । पाण्डे अहिलेसम्म सरकार नगएका कारण नयाँ अनुहार हुन् । यसका साथै शहीद परिवार पनि भएकाले पाण्डेले संघीय मामिला तथा स्थानीय विकास मन्त्रीका रुपमा सपथ लिएका हुन ।
१६. सुरेन्द्रकुमार कार्की, सूचना तथा सञ्चार
कुनै समय बाबुराम भट्टराईका अनुयायी थिए— सुरेन्द्र बहादुर(राम) कार्की । तत्कालीन नेकपा माओवादीभित्र बाबुरामको सैद्धान्तिक खेमामा रहेर उनले पार्टीभित्र उनको लाइनलाई समृद्ध गर्ने काम गरे ।
वौद्धिक र तार्किक नेता मानिने कार्की बाबुराम प्रधानमन्त्री बनेपछि भने उनीबाट टाढिएका हुन् । बाबुरामले निकट रहेर लामो समय सघाएपनि प्रधानमन्त्री बन्दा आफूलाई टिममा नराखेपछि उनी असन्तुष्ट बनेका थिए ।
बाबुरामको आफूलाई ‘चौकालदर्शी’ ठान्ने बानीबाट रुष्ट भएका कार्की एक पटक नयाँदिल्लीका लागि राजदूतमा सिफारिस समेत भएका थिए । तर, भारतले उनको एग्रिमो नपठाएपछि उनी राजदूत हुन पाएनन् । फ्रान्सबाट उनको नाममा एग्रिमो आए पनि परराष्ट्रका कर्मचारीले एग्रिमो लुकाईदिएपछि उनी राजदूत हुन पाएका थिएनन् ।
अहिलेको सरकारमा राम कार्की सूचना तथा सञ्चारमन्त्री बन्न सफल भएका छन् । पार्टी संसदीय राजनीतिमा फर्केको लामो समय बितिसक्दा पनि कार्कीले आफ्नो क्षमताअनुसार कुनै महत्वपूर्ण भूमिका पाएका थिएनन । त्यसैले अवसर नपाएका नेताका रुपमा उनलाई मन्त्री परिषद्मा लगिएको हो ।

१७. धनीराम पौडेल, शिक्षा
२०३७ सालदेखि विद्यार्थी पृष्ठभूमीबाट वाम राजनीतिमा लागेका हुन्, चितवनका डिआर पौडेल । २०३९ सालमा अखिल क्रान्तिकारीको जिल्ला सदस्य बनेका थिए । निवर्तमान शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले नेतृत्वको गरेको अनेरास्ववियु क्रान्तिकारी केन्द्रीय सदस्य भएका हुन्, पौडेल । २०४२ सालमा नेकपा चौमको पार्टी सदस्य भएका उनी २०४४ सालमा चितवन जिल्ला सदस्य भएका थिए ।
२०४७ सालमा जनवादी युवा लिगको संस्थापक केन्द्रीय सदस्य भएका पौडेल एकताको केन्द्रको केन्द्रीय सदस्य समेत रहिसकेका हुन् । एकताकेन्द्र माओवादीसँग एकीकरण भएपछि बनेको नेकपा एमाओवादीको केन्द्रीय सदस्य भएका पौडेल त्यसयता निरन्तर माओवादी केन्द्रमा छन् ।
हाल उनी नेकपा माओवादी केन्द्रको सचिवालय सदस्य हुन् । पौडेल दोस्रो संविधानसभापछि बनेको संसदमा समानुपातिक तर्फका सांसद समेत हुन् । स्याङजा पुर्खौैली घर भएका पौचितवन निवासी पौडेल दाहाल क्याबिनेटमा नेता नारायणकाजी पक्षबाट शिक्षा मन्त्री बन्न सफल भएका हुन् ।
यसअघि श्रेष्ठ पक्षबाट मन्त्री बन्दैं आएका गिरिराजमणि पोखरेल पटक—पटक मन्त्री बनिसकेपछि पौडेलको पालो आएको हो ।

१८. अजयशंकर नायक, कानुन, न्याय तथा संसदीय मामिला
माओवादीभित्र नयाँ अनुहारका रुपमा क्याबिनेटमा मन्त्री पड्काउने अर्का भाग्यमानी हुन्—अजयशंकर नायक । यसअघि मधेशभित्रका प्रभावशाली नेता मानिने प्रभु शाह मन्त्री हुने चर्चाकाबीच मधेशको प्रतिनिधित्व गर्ने पात्रमा अजयशंकर छानिएका हुन् ।
२०५४ सालदेखि भूमिगत राजनीतिक सुरु गरेका उनी सिरहाको बडहरमाला गाविसका स्थानीय बासिन्दा हुन् । अहिले माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका उनले समाजशास्त्रमा स्नातक गरेका छन् ।
८ कक्षादेखि नै अखिल क्रान्तिकारीबाट राजनीतिक सुरु गरेका अजयशंकर पार्टीमा एरिया सदस्य, एरिया सेक्रेटरी, एरिया इन्चार्ज हुँदैं जनयुद्धकालमा जिल्ला इञ्चार्जको भूमिका निभाएका थिए ।
दोस्रो संविधानसभामा उनी समानुपातिकतर्फका सांसद हुन् । मधेश तथा दाहाल स्वयंम सिरहाबाट सांसद जितेका कारण उक्त जिल्लालाई क्याबिनेटमा समेटनुपर्ने आवश्यकता महसुस गरेर अजयशंकरलाई मन्त्री बनाइएको हो ।
उनी दाहाल क्याबिनेटमा कानुनमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ । यसअघि प्रभु शाहले कानुनमन्त्री सम्हाल्ने बताइएको थियो तर उनले स्थानीय विकास मन्त्रालय मागेपछि उनको ठाउँमा अजयशंकरलाई मन्त्री बनाइएको हो । राजनीतिक इतिहास उति लामो नभएका अजयशंकर कसरी मन्त्री बने भन्ने विषयमा अहिले पनि माओवादीमा विभिन्न मतहरु छन् । उनको छवि विवादित छ ।
१९. केशवकुमार बुढाथोकी, सामान्य प्रशासन
झापाका स्थायी बासिन्दा हुन्—केशवकुमार बुढाथोकी । राष्ट्रिय पञ्चायत निर्वाचनमा उनले २०४३ सालमा प्रजातान्त्रिक धारबाट चुनाव जितेर चर्चा कमाएका थिए ।
अनौठो परिवर्तन नै मान्नुपर्छ, प्रजातान्त्रिक उम्मेदवारका रुपमा चुनाव जितेका उनी पछि पञ्च भए । त्यसको उपहारस्वरुप उनले जलस्रोत सहायक मन्त्री पद पाए । छेपारोझै रंग फेर्न सिपालु मानिने बुढाथोकी पञ्चायत ढल्छ भन्ने निश्चित भएपछि राजीनामा दिएर राप्रपामा भित्रिए ।
तर, त्यहाँका पनि लाभको राजनीतिक भविष्य नदेखेपछि उनी २०४९ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नेपाली कांग्रेसभित्र उनी पहिले कोइराला क्याम्पमा थिए । राजाको प्रतिगमनको समर्थन गरेपछि उनलाई नेपाली कांग्रेसले कारवाही गरेको थियो । तर, २०५९ सालमा शेरबहादुर देउवाको कांग्रेस प्रजातान्त्रिकमा केन्द्रीय सदस्य भएर उनी पुनः राजनीतिमा सक्रिय भए । १२ औं महाधिवेशनमा बुढाथोकी पुनः कोइराला क्याम्पमा पुगे ।
१३ औं महाधिवेशनमा उनले फेरि रंग बदल्दैं देउवालाई समर्थन गर्न आइपुगे । यस पटक देउवाकै आर्शिवादमा उनी दाहाल क्याबिनेटमा सामान्य प्रशासनमन्त्री बनेका छन् । उनले संविधानसभाका दुवै निर्वाचनमा झापा—५ बाट प्रत्यक्ष निर्वाचित जितेका हुन् ।

२०. रोमी गौचन थकाली, वाणिज्य
मुस्ताङका प्रभावशाली कांग्रेस नेता मानिन्छन्,—रोमी गौचन थकाली । २०३६ सालमा विद्यार्थीबाट राजनीति सुरु गरेका थकाली राजनीतिक विरासत बोकेको परिवारबाट आएका हुन् ।
वि.सं. २०५६ को प्रतिनिधिसभा र २०७० को दोस्रो संविधानसभामा उनले मुस्ताङ—१ बाट चुनाव जितेका हुन् । यसअघि उनी परराष्ट्र सहायकमन्त्री समेत भइसकेका छन् ।
पौडेल पक्षको सिफारिसमा दाहाल क्याबिनेटमा वाणिज्यमन्त्री बन्न सफल भएका थकालीलाई मन्त्री बनाउन सुजाता कोइरालाले भिटो प्रयोग गरेको बताइन्छ ।

२१. सीतादेवी यादव, शान्ति तथा पुनर्निर्माण
रमाइलो संयोग नै मान्नुपर्छ, पतिलाई मार्ने विद्रोही समूहका अगुवाकै क्याबिनेटमा मन्त्री बनेकी छिन्, नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव । उनले दाहाल क्याबिनेटमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।
२०५७ सालमा तत्कालीन माओवादी विद्रोहीले सिराहाका तत्कालीन जिविस सभापति तथा उनका पति चन्द्रदेव यादवको हत्या गरेका थिए । पतिको हत्या भएपछि कांग्रेस राजनीतिमा सक्रिय भएर लागेकी यादवले गत फागुनमा सम्पन्न कांग्रेसको १३ औं महाधिवेशनबाट केन्द्रीय कोषाध्यक्षमा विजयी भइन् ।
दोस्रो संविधानसभामा सिराहा—३ बाट जितेकी सीतादेवी पहिलोपटक मन्त्री बनेकी हुन् । उनी २०६३ सालमा पुनस्थापित संसदमा मनोनित सदस्य हुन । त्यसअघि उनी दुई पटक नेपाली कांग्रेस सिराहाको जिल्ला सभापति भएकी थिइन ।

६० वर्षीया सीतादेवीको जन्मघर भने भारतको विहार हो । उनी अंगीकृत नेपाली नागरिक हुन् ।
२२. जीवनबहादुर शाही, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
नेपाली कांग्रेसबाट कर्णालीको प्रतिनिधित्व गर्दै मन्त्री बन्न सफल भएका हुन्, जीवनबहादुर शाही । संयोग नै मान्नुपर्छ पाइलट समेत रहेका शाहीलाई दाहाल क्याबिनेटमा मिल्दोजुल्दो मन्त्रालय नै सम्हाल्ने अवसर प्राप्त भएको छ ।
४७ वर्षीया शाही कांग्रेस सभापति देउवा निकट हुन् । कर्णालीका प्रभावशाली नेताका रुपमा चिनिने उनी झण्डै २० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । शाहीले कर्णालीमा एनजीओमार्फत सामाजिक विकास क्षेत्रमा समेत काम गर्दै आइरहेका छन् । १२ औं महाधिवेशनमा केन्द्रीय सदस्य रहेका उनी १३ औं महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा विजयी भए ।
पहिलो संविधानसभा निर्वाचनमा हुम्लाबाट माओवादी उम्मेदवारसँग पराजित भएका २०७० सालमा भएको दोस्रो संविधानसभामा भने विजयी भए ।

२३. दीपक गिरी, सिंचाई
विपीपुत्र तथा नेपाली कांग्रेसका निर्वाचित महामन्त्री सशांक कोइरालाका विश्वासपात्र मानिन्छन्, दीपक गिरी । नेपाली कांग्रेसमा पौडेल पक्षबाट मन्त्री बनेका गिरीका लागि भाग्य विधाता नै सशांक बनेको चर्चा कांग्रेसभित्र छ ।
२०३० सालको सेरोफेरोमै कांग्रेसको विद्यार्थी राजनीतिक सुरु गरेका उनी २०३६ सालमा नेविसंघको केन्द्रीय सदस्य भएका थिए ।
पञ्चायती राजनीतिक विरासत बोकेको जमिन्दार परिवारमा जन्मिएका गिरी प्रभावमा पार्न सिपालु राजनीतिज्ञका रुपमा चिनिन्छन् । युद्धको समयमा उनको सयौं विघा जग्गा माओवादीले कब्जा गरेका थिए । उनले दोस्रो संविधानसभामा दाङ—५ बाट चुनाव जितेका थिए ।

२४. नवीन्द्रराज जोशी, उद्योग
२०४९ सालको स्थानीय निर्वाचनमा नवीन्द्रराज जोशी काठमाडौंको उपमेयर बनेका थिए । २०३६ सालमा विद्यार्थी राजनीतिमार्फत राजनीतिमा सक्रिय बनेका उनी नेविसंघको केन्द्रीय अध्यक्षको समेत उम्मेदवार बनेका थिए । तर, २०४८ सालमा भएको नेविसंघको महाधिवेशनमा उनले एनपी सावदसँग पराजित हुनुप¥यो ।
४२ वर्षीया जोशीको जन्मस्थान गोरखा भएपनि उनी काठमाडौंका पपुलिष्ट नेता मानिन्छन् । उनले काठमाडौं ८ बाट दोस्रो संविधानसभा चुनाव जितेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका जोशी वौद्धिक र कुशल सांगठनिक क्षमता भएका नेतामा पर्छन् ।
गणेशमान सिंहको आदर्श पछ्याउँदैं हिडेका जोशी २०५९ मा नेपाली कांग्रेस विभाजन हुँदा देउवाले गठन गरेको कांग्रेस प्रजातान्त्रिकमा लागेका थिए । तर, २०६६ सालमा उनी प्रकाशमान सिंहसँगै कोइराला क्याम्पमा फर्किए । अहिले उनी रामचन्द्र पौडेल पक्षको सिफारिसमा दाहाल क्याबिनेटमा उद्योग मन्त्री बनेका हुन् । उनलाई मन्त्री बनाउन प्रकाशमानको भूमिका महत्वपूर्ण मानिएको छ ।
२५. शंकर भण्डारी, वन तथा भूसंरक्षण
खुमबहादुर खड्काको आर्शिवादमा २४ वर्षको राजनीति जीवनमै मन्त्री पद हात पारे—शंकर भण्डारीले । खुमबहादुरले देउवालाई मन्त्री भागवण्डामा आफ्नो एक जना अनिवार्य बनाउन ताकेका गरेपछि देउवा भण्डारीलाई मन्त्री बनाउन बाध्य भएका हुन् ।
दाहाल क्याबिनेटमा शंकरले वन मन्त्रालयको जिम्मेवारी पाएका छन् । शंकर भण्डारी विभिन्न कारणले चर्चामा छाइरहन्छन् । त्रिचन्द्रमा सभापति भएका बेला अर्कालाई परीक्षा दिन लगाएको आरोप लागेर होस् वा खुमबहादुर जेल पर्दा कार्यकर्ता उतारेर अख्तियार विरुद्ध नारा लगाएर नै । जे कारणले भएपनि उनी चर्चामै रहे ।
भ्रष्टाचारको आरोप लागेर खुमबहादुर जेल जाँदा होस् वा फर्किदा उनी निरन्तर खुमबहादुरसँगै छन् । जसका कारण खुमबहादुरकै बलमा कांग्रेसको १२ औं र १३ औं महाधिवेशनमा शंकरले केन्द्रीय सदस्यमा चुनाव जिते । संविधानसभाको दोस्रो निर्वाचनमा उनी तनहुँ—१ बाट विजयी भएका हुन् । कार्यकर्तामाझ लोकप्रिय रहेका उनलाई कांग्रेसभित्र ‘हाट्टहुट्ट’ गर्ने नेताका रुपमा चिन्ने गरिन्छ ।

२६. गगन थापा, स्वास्थ्य
दोस्रो जनआन्दोलनमा उत्कृष्ट भाषणशैलीबाट चिनिएका हुन्—युवा नेता गगन थापा । दोस्रो पुस्तामाझ लोकप्रिय गगन पहिलो पटक दाहाल क्याबिनेटमा स्वास्थ्य मन्त्री बनेका हुन् ।
नेविसंघको राजनीतिबाट कांग्रेस राजनीतिमा उदाएका गगनलाई आशालाग्दो युवा नेताका रुपमा हेरिन्छ । २०६१ माघ १९ मा राजा ज्ञानेन्द्र शाहले ‘कू’ गरेपछि गगन कांग्रेसभित्र गणतन्त्रका पक्षमा बोलेपछि थप चर्चामा आए ।
नेविसंघका पूर्व महामन्त्री समेत रहेका उनी दोस्रो संविधानसभामा काठमाडौं—४ बाट विजयी भएका हुन् । नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका उनी १३ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार रहेका थिए । तर, पराजित भए । सिटौलाकै आर्शिवादमा गगन दाहाल क्याबिनेटमा मन्त्री बन्न सफल भएका हुन् ।
२७. हृद्धयराम थामी, सहकारी तथा गरिबी निवारण
सुर्खेतका प्रभावशाली कांग्रेस नेता मानिन्छन्, हृद्धयराम थामी । नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसमा उदाएका उनी २०४४ सालमा नेपाली कांग्रेसको उपाध्यक्ष बनेका थिए ।
२०५६ सालमा प्रतिनिधी सभा सांसदमा निर्वाचित बनेका थामी राज्य ब्यवस्था समिति सभापति हुँदा नागरिकता ऐन र सैनिक ऐन संशोधन गराएपछि चर्चामा आएका थिए । उनी कोइराला क्याम्पका सशक्त खम्बा मानिन्छन् ।
सुर्खेत—२ मा पहिलो संविधानसभामा एमालेका यामलाल कँडेलसँग पराजित भएका थामी दोस्रो संविधानसभा निर्वाचनमा भने उनलाई पराजित गरे । उनी २०४८, ५६ र ७० गरी तीन पटक सांसद बनिसकेका छन् । कांग्रेसभित्र देउवा पक्षीय सुर्खेतका प्रभावशाली नेता पूर्णबहादुर खड्कालाई चेस गर्न पौडेल पक्षले थामीलाई मन्त्री बनाएको बताइन्छ ।
उनले दाहाल क्याबिनेटमा सहकारी तथा गरिबी निवारण मन्त्रालय जिम्मेवारी पाएका छन् ।
राज्यमन्त्रीहरुः
२८. श्रीप्रसाद जवेगु, संघीय मामिला तथा स्थानीय विकास
२९. सत्यनारायण भगत, उर्जा
३०. राधिका तामाङ, कृषि
३१. धनमाया वि.क., शिक्षा

0 comments:
Post a Comment