Loading...
प्रेस सोसाइटी तनहुँमा नेपाली
दमौली, १७ भदौ । शुक्रबार तनहुँको दमौलीमा भएको पत्रकारहरुको भेलाले नेपाल प्रेस सोसाइटी तनहुँको जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । भेलाले रामशरण नेपालीको अध्यक्षतामा ११ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो ।
सम्मेलन आयोजक समितिका सदस्यहरुमा सम्झना रसाइली, सुमन श्रेष्ठ, पम्फा विश्वकर्मा, लक्ष्मी थापा, प्रकाश विश्वकर्मा, प्रेरणा राना, शोभा थामा मगरलगायत रहेका छन् । Loading...
भेलाले जिल्लाको सबै संचार गृहको भ्रमण गरेर सम्बन्ध विस्तार अभियान संचालन गर्ने निर्णय समेत गरेको छ । भेलाले आगामी एक महिना भित्र संगठन बिस्तार र जिल्ला सम्मेलन भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ ।
Loading...


0 comments:
Post a Comment