Ads

Sunday, September 4, 2016

इंग्ल्याण्ड चुक्यो, पाकिस्तान ४ विकेटले विजयी

Posted By: Samsung - 8:34 PM


२० भदौ, काठमाडौं । पाँचौ एकदिवसीय क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । यससँगै इंग्ल्याण्ड श्रृखला हृवाइटवास गर्ने मौका चुकाएको छ ।
कार्डिफमा ३०३ रनको लक्ष्य पछ्याएको पाकिस्तानको सुरुवात राम्रो थिएन । ७७ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो ।
तर, शोएव मल्लिक र सर्राफ अहमदले पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि १६३ रनको साझेदारी गरे । अहमद ९० रनमा आउट भए, जतिबेला टिमको स्कोर २४० रन थियो ।
यो साझेदारी टुटेपछि पाकिस्तानको पारी फेरि धरमरायो । थप २६ रन जोड्दा छैटौं विकेट गुमाएको थियो । तर, मोहम्मद रिवाज र इम्आद वासिमले पाकिस्तानलाई जित दिलाए ।
रिवाजले ३४ र आसिम १६ रनमा अविजित रहे । शोएव मल्लिकले ७७ रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०२ रन बनाएको थियो । उसका लागि जेसन रोएले ८७ र बेन स्टोक्सले ७५ रनको योगदान दिए ।
यद्यपि हारका बावजुद इंग्ल्याण्डले पाकिस्तानविरुद्धको पाँच म्याचको श्रृखला ४-१ ले जितेको छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy