Ads

Tuesday, September 20, 2016

राजधानीका दुई विद्यालयमा बम विष्फोट, पाँचवटा स्कुलमा बम फेला ( भिडियो हेर्नुहोस

Posted By: Samsung - 1:13 AM

आश्विन ४, २०७३- राजधानीमा दुई वटा स्कुलमा मंगलबार बिहान बम विष्फोट भएको छ । पाँचवटा स्कुलमा बम फेला परेको छ । बिष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन ।
जोरपाटीस्थित मनकामना स्कुल र आकाशदीप स्कुलमा बम विष्फोट भएको प्याब्सनका महासचिव डीके ढुंगानाले जानकारी दिए । दुवै स्कुलमा प्रेसर कुकर बम राखिएको थियो । आकाशदीपको गेटमा क्षति पुगेको छ भने मनकामना स्कुलको पछाडि भागमा विष्फोट भएको हो ।  आकाशदीपमा बिहान साढे ३ बजे र मनकामनामा बिहान पौने ४ बजे बम विष्फोट भएको हो ।

यो न्युज पनि पढ्नुहोस्:  विद्यालयमा बम फेला परेपछि सुरक्षा सतर्कता अपनाउन गृहको आग्रह



यसैबीच सानेपाको रेडियन रिडर्स एकेडेमी, डल्लुको कञ्चनजंघा स्कुल, बौद्धमा रहेका राई स्कुल र इस्टपोल स्कुल तथा जोरपाटी माकलबारीमा रहेको बालसंसार सेकेन्डरी स्कुलमा पनि शंकास्पद वस्तु फेला परेको छ । रेडियन स्कुल प्याब्सनका महासचिव डीके ढुंगानाको हो ।

Loading...
प्रहरीले विष्फोट गराएको आशंकामा दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए । पक्राउ परेकाहरुको परिचय खुलाएको छैन ।

विस्फोट गराइएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्युनिस्ट फोर्स नेपाल लेखिएको को पर्चा छरिएको छ । दुवै संगठन देवेन्द्र महतो नेतृत्वको माओवादी कम्युनिस्ट केन्द्र नेपाल भन्ने पार्टीका हुन् । आपराधिक गतिविधिमा संलग्न महतो पटक पटक पक्राउ परिसकेका छन् ।
यसैबीच मंगलबार बिहान ११ बजे प्याब्सन, एन प्याब्सन र हिसानको आकस्मिक बैठक बोलाइएको छ ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy