Loading...
असोज ४, पोखरा । गायक खेमजी रानाको दशैँ गीत “आँशु नझारे आमा” बजारमा आएको छ । सबैलाई रुवाउने गीत खेमजी राना,संगीत आले र सम्झना रानाको स्वरमा छ । लय तथा शब्द सिर्जना गायक खेमजी आफैले गरेका हुन् । गीत मारुनी रेर्कडिङ स्टुडियोमा रेर्कड भएको हो ।
चाडपर्वको बेला छुट्टी नपाएपछि परदेशबाट नफर्कने भन्दै छोराले बाटो हेर्दै आमालाई आँशु नझार्न गीतमा अग्रह गरिएको छ ।
मनाङ गुरुङले निर्देशन गरेको भिडियोलाई पवन सिंखडाले छायांकन एवंम सम्पादन गरेका हुन् । गीतमा निर आले, संगिता आले ,सुनिता गुरुङ, एलिन राना, अनिता गुरुङको अभिनय छ ।
गायक खेमजीको यसअघि भेट भयो धादिङ बजारमा, हाँसी हाँसी नाचिदेऊ माया गीत बजारमा आएको थियो भने केही गीत बजारमा आउने तयारीमा छन् ।
खेमजी आफ्नो गीतमा सम्पुर्ण परदेशीको पिडा समेटिएको र परदेशमा रहँदा चाडपर्व परिवारसँगै भएर मनाउने रहर हुदाँ हुदै पनि घर फर्कने छुट्टी नपाउदा बाध्यतावश परदेशमै रहेर आमाबाबा र आफन्तजनलाई सम्झेर गीत तयार पारिएको बताउँछन् ।
अरु बेला परदेशको जुन ठाउँमा रहेपनि चाडपर्वको बेला परिवार सँगै चाडपर्व मनाउनुपर्छ भन्ने सन्देश गीतबाट दिन खोजिएको खेमजीले जानकारी दिए ।
भिडियो हेर्नुहोस् :
अन्य भिडियोहरु हेर्नका लागि तल क्लिक गर्नुहोस्
Loading...
Loading...


0 comments:
Post a Comment