Ads

Saturday, September 17, 2016

मुना थापाले केन्द्रयि सदस्यमा उम्मेद्वारी दिने,भोटका लागी गरिन सबैसँग अनुरोध

Posted By: Samsung - 4:52 AM

Loading...

तस्बिर : मुना थापाको फेसबुक पेजबाट

बिनोद ढुंगाना 
असोज १, पोखरा । बहुचर्चित एवंम लोकप्रिय गायिका मुना थापा मगरले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । दोहोरी प्रतिष्ठानले यहि असोज ८,९ र १० गते काठमाडौमा आयोजना गरेको छैठौँ महाधिवेशनमा आफुले उम्मेद्वारी दिने भन्दै मुनाले फेसबुक पेजमा  पोस्ट गरेकी हुन् ।

उनले लोकदोहोरी क्षेत्रको बिकास गर्दै लोकसंगीतमा भएका बिसंगती तथा बिकृतीहरु बिरुद्ध संगठनात्मक पहलको लागी आफुलाई भोट गरी बिजयी गराउन प्रतिष्ठानको जिल्ला, अञ्चल, क्षेत्रीय, उपत्यका र अन्र्तराष्ट्रिय कार्य समितिका सदस्यहरुसँग अनुरोध गरेकी छिन् । 

गोरखा मनकामनाकी गायिका मुनाले तनहुँको आबुखैरेनमिा भएको एउटा स्टेज कार्यक्रम मार्फत गायन सुरु गरेकी थिइन् । थुप्रै गीतहरुमा आफ्नो सुमधुर स्वर दिइसकेकी गायिका मुनाको छोरी, छोरी भाग २, तिमी राम्रो हाँसोले ,चरी बस्यो बरको डालीमा ,पिरतीमा फेल लगायत एल्बमहरु चर्चित छन् । दर्शक श्रोताको अत्याधिक रोजाईमा पर्ने गायिका मुनाले विभिन्न अवार्डहरु समेत हात पारिसकेकी छिन् । गायिका मुनालाई सफलता  मिलोस न्यूजनेपाल २४ को तर्फबाट अग्रिम शुभकामना ।

यो पनि पढ्नुस:मुनाको दिपकलाई आग्रह मेरो याद बिर्स अब उनलाई माया गर .... भिडियो सहित


Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy