Loading...
आश्विन १, २०७३- सुनसरीमा डुंगा पल्टिएपछि हराईरहेकाहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीले कोशी ब्यारेजमा प्रहरी परिचालन गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालको नेतृत्वमा ५० जना प्रहरी टोली डुंगा दुर्घटनामा बेपत्ताको खोजीका लागि कोसी ब्यारेज पुगेको छ । एसपी ढकालका अनुसार ब्यारेजमा अहिले प्रहरीले स्थानीयका १० वटा डुंगा समेत खोजी तथा उद्धारका लागि परिचालन गरिएको छ ।
डुंगा पल्टिएपछि हराइरहेकाहरु बाढीसँगै कोशी ब्यारेज आउन सक्ने भएकाले ब्यारेजमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको ढकालले जनाए । यस्तै, सुनसरी प्रहरी पनि कोशी ब्यारेजमा परिचालित भएको छ । कोशीको पानी नियन्त्रण गर्न बनाइएको कोसी ब्यारेज सप्तरी र सुनसरीको सीमामा पर्छ
यो न्युज पनि पढ्नुहोस्: सप्तकोशीमा डुङगा पल्टियो
Loading...


0 comments:
Post a Comment