Ads

Saturday, September 17, 2016

मोबाइलको सिग्नल कम छ ? यसो गर्नुस्

Posted By: Samsung - 5:09 AM

Loading...


मोबाइल फोनमा कुराकानी गर्दा कहिलेकाहीँ बिचमै लाइन काटिन्छ । अझ आवाज प्रष्ट नआउने समस्या त निकै धेरै बेहोरिरहेका हुन्छौँ हामी ।
यसो हुनुको एउटा प्रमुख कारण मोबाइल सिग्नल कमजोर हुनु (चलनचल्तीको भाषामा टावर कम टिप्नु) हो ।
टेलिकमको कमजोर प्राविधिक संरचना तथा भौगोलिक अवस्थाका कारण पनि मोबाइल फोनको कमजोर सिग्नलले उपभोक्ताहरुलाई दुख दिइरहेको छ ।
उपभोक्ताले पाएको यो हैरानीको मुख्य दोषी टेलिकम कम्पनीहरु हुन् तथापि आफ्नो मोबाइल फोनमा सिग्नल कमजोर आइरहेको अवस्था वा सिग्नल प्राप्त हुन समेत कठिनाई परिरहेको अवस्थामा मोबाइल फोन प्रयोगकर्ताले समेत केही कुरामा ध्यान दिनुपर्दछ ।
यदि यसो गर्नेहो भने मौजूदा अवस्थामै तपाइँको मोबाइलले बढि सिग्नल प्राप्त गर्दछ वा मोबाइलमा टावर धेरै आउँछ ।

Loading...
स्मार्टफोनमा मोबाइल सिग्नल नामक एपले मोबाइल तरंगको संकेतको स्थितिका बारेमा जानकारी दिन्छ ।
क्हिलेकाहीँ मोबाइलले राम्रोसँग सिग्नल नटिपेको अवस्थामा मोबाइल फोन स्विच अफ गरेर अन गर्दैमा मात्र पनि राम्रोसँग सिग्नल टिप्न सक्दछ ।

यो न्युज पनि पढ्नुहोस्: मोबाइलको सिग्नल कम छ ? यसो गर्नुस्

कहिलेकाहीँ स्मार्टफोन ह्यांग भएर वा स्मार्टफोनमा एकसाथ धेरै एपहरुले काम गरेको अवस्थामा मोबाइल सिग्नल प्राप्त गर्ने कार्यमा बाधा उत्पन्न भएको हुनाले त्यस्तो बेलामा मोबाइल फोन रिस्टार्ट गर्दा पनि सिग्नल राम्रोसँग प्राप्त हुन सम्भव हुन्छ ।
इदि तपाइँ अग्लो भवनको मुनि वा धेरै अग्लो अग्लो भवनहरुको बीचमा हुनुहुन्छ भने पनि त्यस्तोमा मोबाइलको सिग्नल कमजोर हुनसक्छ । त्यसैले त्यस्तो ठाउँमा मोबाइलमा कुराकानी गर्नुभन्दा केही खुला ठाउँमा गएरै कुराकानी गर्नु बेस हुन्छ ।
त्यस्तै अग्लो घरको भुइँताला वा घनावस्तीमा पनि मोबाइलको सिग्नल कमजोर हुनसक्छ । किनकी एउटै मोबाइल टावरमा धेरै मोबाइल फोनहरुको रेडियो तरंगको कनेक्टिभिटी भएको हुन्छ ।
स्मार्टफोनको ब्याट्री निकै कम हुँदा पनि मोबाइलको सिग्नल प्राप्तिमा असर पर्नसक्दछ । ब्याट्रीको चार्ज निकै कम हुँदा ब्याट्रीमा रहेको शक्ति स्मार्टफोनको सिग्नल प्राप्त गर्ने कार्यमा अपर्याप्त हुने र त्यस्तो बेला स्मार्टफोनमा कुराकानी गर्दा आवाज राम्रोसँग नसुनिने वा सिग्नल राम्रोसँग प्राप्त नहुने समस्या हुनसक्छ ।  त्यसैले स्मार्टफोनमा पर्याप्त ब्याट्री चार्ज गर्नुपर्दछ ।
मोबाइलको सिग्नलले राम्रोसँग काम गरिरहेको छैन तर वाइफाइ सुविधा उपलब्ध छ वा डाटा सर्भिसबाट पनि सस्तोमै राम्रोसँग फोन कल हुन्छ भने विभिन्न खाले फोन कलिंग एपबाटै फोन वा भिडियो कल गर्नु उपयुक्त हुन्छ

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy