Loading...
२ असोज, पोखरा । वर्षापछि नालीमा आएको भलले बगाएर पोखरामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् ।
शनिबार साँझको वर्षाका कारण नालीमा आएको भेलले बगाएर पोखरा-१६ लामाचौर गैराबारीका ५६ वर्षीय कृष्णबहादुर थापाको मृत्यु भएको हो ।
घर र्फकदै गरेका उनी बेगले बगेको भलमा परेर लड्दा टाउको गम्भीर चोट लागेको थियो । उनको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यसैबीच, शनिबार साँझ नै अर्का एक पुरुष पनि भलले बगाएर बेपत्ता भएका छन् । पोखरा-१७ पार्दी विरौटास्थित नालीमा वेगले आएको भलले बगाउँदा उनी वेपत्ता भएका हुन् । बेपत्ता हुनेको पहिचान खुल्न नसकेको कास्कीका प्रहरी प्रवत्ता डिएसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
यसअघि पोखराकै सिद्धार्थचोकमा नालीले बगाएर एक महिला र पोखरा ७ मासवारमा मोटरसाइकल बगाउँदा अर्का एक पुरुषको मृत्यु भएको थियो । पोखराका सडकहरु जिर्ण बन्दै जाँदा मर्मतसम्भार नहुँदा तथा वषर्ाका समयमा भिरालो जमिनमा तिव्र वेगमा भल आउँदा पटक/पटक मानिसको ज्यान जाने गरेको छ ।
Loading...


0 comments:
Post a Comment