Loading...
बिनोद ढुंगाना / न्यूजनेपाल २४
भदौ ९, पोखरा । धन कमाउन प्रदेशि बनीरहेका नेपालीले प्रदेशको जेलमा भोग्नु परेको दु.ख. कष्टको वास्तविकतामा आधरित गीत “साउदी मलेसिया” सार्वजनिक भएको छ । गीतमा सुमधुर स्वरकी धनि गायिका मुना थापा र गायक गोपाल नेपाल जि.एम.को स्वर छ । भक्त रोकाले सिर्जना गरेको शब्दहरुमा गायक गोपालले लय सिर्जना गरेका हुन् । गीत तिर्सना म्युजिक प्रा.ली बाट बजारमा आएको हो ।
प्रदेशको जेलमा घर फर्कने आशमा रहेका नेपालीको कथा बोकेको म्युजिक भिडियोमा बिक्रम चौहानले उत्कृष्ट निर्देशनमा आशा र बुद्धवीरको अभिनय देख्न सकिन्छ । भिडियो मुकेश हुमागाँईको छायांकन र नविन घर्ति मगरको सम्पादनमा तयार भएको हो ।
Loading...



0 comments:
Post a Comment