Tuesday, August 16, 2016
चिनियाँ नायिका जु जु सलमानको अभिनयबाट मन्त्रमुग्ध
Posted By: Samsung - 7:40 PMसलमान खानको नयाा फिल्म ‘ट्युबलाइट’मा चिनियाँ नायिका जु जु प्रमुख भूमिकामा देखिने पक्कापक्की भएको छ । चिनियाँ फिल्म तथा टेलिभिजनमा पनि प्रसिद्धी कमाएकी नायिकाले हलिउडमा पनि काम गरिसकेकी छिन् ।
उनले हलिउडका स्टार टम ह्यांक्ससँग क्लाउड एट्लास र रसल क्रोसँग द म्यान विथ द आइरन फिस्टमा अभिनय गरेकी छिन् ।
ट्युबलाइटको सुटिङ छिट्टै सुरु हुँदै छ । फिल्म निर्माता कबिर खानसँग काम गर्नु निकै रमाइलो अनुभव हुनेमा जु जुले आफू विश्वस्त रहेको बताएकी छिन् । यस्तै उनले आफू बलिउड सुपरस्टार सलमान खानबाट मन्त्रमुग्ध भएको पनि बताएकी छिन् ।
‘सलमानसाग काम गर्ने अवसरले मलाई निकै रोमाञ्चित बनाएको छ,’ उनले भनिन्, ‘मैले सलमानको फिल्म हेरेकी छु । उनको अभिनयबाट म निकै नै प्रभावित छु ।’
Filled Under
ENTERTAINMENT
About Samsung
Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment