Ads

Tuesday, August 16, 2016

बिर्तामोडमा आगलागी, दुई करोडभन्दा बढीको क्षति

Posted By: Samsung - 7:45 PM

भदौ १, झापा । झापाको बिर्तामोडस्थित कृषि थोकबजारमा आज बिहान आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा बजारका १० वटा फेन्सी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । 

आगलागी बिहान ५ः३० बजेदेखि सुरु भएको थियो । आगलागीका कारण झन्डै रु दुई करोड मूल्य बराबरको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । आगलागी स्थानीयवासी, प्रहरी र बिर्तामोड नगरपालिकाको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मिनी मार्केटभित्र आगलागी भएका कारण क्षतिको विवरण बढ्न सक्ने प्रहरी नायब उपरीक्षक खत्रीले बताउनुभयो । 

आगलागीका कारण घनश्याम अधिकारी, कृष्ण साह लगायतले सञ्चालन गरेको पसल जलेको बताइएको छ । आगलागीबाट थप क्षति हुन नदिन प्रहरीले अन्य पसलका सामग्री भने सुरक्षित स्थानमा निकालेको छ । 

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy