भदौ १, काठमाडौं । ब्राजिलमा जारी रियो ओलम्पिकको पदक तालिकामा अमेरिकाको स्पष्ट अग्रता कायमै छ । आज १० औं दिनको खेल जारी रहँदा अमेरिका २८ स्वर्ण पदकसहित शीर्ष स्थानमा छ ।१९ स्वर्ण पदक जितेको बेलायत दोस्रो स्थानमा छ भने १७ स्वर्ण जितेको चीन तेस्रो स्थानमा छ ।
यसअघि लण्डन ओलम्पिक र बेईजिङ ओलम्पिकमा अमेरिकालाई कडा टक्कर दिएको चीनले यसपटक भने सोचेअनुरुपको प्रदर्शन गर्न सकेको छैन ।रियो ओलम्पिकमा हालसम्म १२ स्वर्ण जितेको रुस पदक तालिकाको चौथो स्थानमा उक्लिँदा ११ स्वर्ण जितेको जर्मनी पाँचौ स्थानमा छ ।
छैठौं स्थानको ईटाली र सातौं स्थानको नेदरल्याण्ड्सले ८÷८ वटा स्वर्ण जितेका छन् । फ्रान्स, अष्ट्रेलिया र जापानले ७÷७ वटा स्वर्ण पदक जित्दा दक्षिण कोरिया र हंगेरीले ६÷६ वटा स्वर्ण जितेका छन् ।रियो ओलम्पिकमा अहिलेसम्म ५३ राष्ट्रले स्वर्ण पदक जित्दा ७५ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।
About Samsung
Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.
0 comments:
Post a Comment