Ads

Sunday, August 14, 2016

प्रतिनिधि विवादले नेविसंघमा झडप, प्रहरीसहित केही घाइते

Posted By: Samsung - 4:13 AM

साउन, काठमाडौं । नेविसंघ महाधिवेशन प्रतिनिधि विवाद चर्किएपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ । झडपमा प्रहरी र नेविसंघ कार्यकर्ताहरु घाइते भएका छन् ।
सुरक्षामा खटिएका एक प्रहरीको टाउकोमा चोट लागेको छ । फर्जी प्रतिनिधि खारेजको माग गर्दै रामचन्द्र पौडेल पक्षले नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।
नक्कली प्रतिनिधिहरु समावेश गरिएको भन्दै रामचन्द्र पौडेल पक्षले महाधिवेशनको निर्वाचन प्रक्रिया खारेज गर्न माग गरेपछि विवाद चर्किएको हो ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेविसंघ नेता दीपक भट्टराईले भने, ‘हाम्रो पार्टीको कार्यालय हो की प्रहरी कार्यालय हो छुट्याउनै गाह्रो छ ।’ उनले आफूहरुलाई पनि पार्टी कार्यालयभित्र प्रवेशमा रोक लगाइएको गुनासो गरे ।
नौ वर्षपछि आयोजित नेविसंघको एघारौं महाधिवेशन यही साउन २३ गते भृकुटीमण्डपमा भएको थियो । तर, प्रतिनिधि विवादले बन्दसत्र अझै सुरु हुन सकेको छैन । बन्दसत्रमा ढिलाइ भएपछि नेतृत्व चयन प्रक्रियालगायतका बाँकी काम कांग्रेस केन्द्रीय कार्यालयबाट अघि बढेको थियो ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy