३० साउन, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको बैंकको नाफा ३ ले कमी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको व्याज आम्दानी २.९२ अंकले घटेपछि त्यसको असर नाफामा परेको हो । कर्जा र निक्षेपबीचको व्याज अन्तर (स्प्रेड दर) ५ प्रतिशतभन्दा बढी कायम गर्न नपाइने व्यस्थाले केही वर्ष यतादेखि बैंकको व्याज आम्दानी घटाउँदै आएको छ ।
गत वर्ष बैंकले १ अर्ब ८५ करोड ७७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको आइतबार प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । यस अवधिमा बैंकले ५५ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
०७३ असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी २ अर्ब ८१ करोड रुपैयाँ छ । नियामक राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार ०७४ असार मसान्तसम्ममा बैंकले न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने हुन्छ । त्यसका लागि बैंकले मर्जर, एक्वायरमा जाने वा गत वर्ष कमाएको नाफा र बैंकमा रहेको सञ्चित कोषबाट बोनस सेयर वितरण गर्नुपर्ने हुन्छ ।
गत वर्ष बैंकले संभावित जोखिम व्यवस्थाका लागि २५ करोड ५५ लाख रुपैयाँ छुट्याएको छ भने त्यसअघि संभावित जोखिम व्यवस्थाका लागि छुट्याएकोमध्ये २४ करोड ३३ लाख रुपैयाँ फिता (राइटव्याक) गरेको छ ।
प्रकाशित वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर वाषिर्क आम्दानी ४५ रुपैयाँ, मूल्य आम्दानीेको अनुपात ८०.०१ गुणा, प्रतिसेयर नेटवर्थ २५६.५९ रुपैयाँ रहेको छ ।


0 comments:
Post a Comment