कला क्षेत्रमा एउटै नाम र उस्तै अनुहार भयो भने कसले सफलता पाउँछ र को असफल हुन्छ भन्ने पत्तो हुँदैन । जस्तै बलिउडमा अभिनेत्री कटरिना र अभिनेत्री जरीन खानको अनुहार मिल्दा जरीनको करियर फस्टाउन नसकेको बताईन्छ । तर नेपालमा भने नाम र अनुहार एउटै भएपनि सँगसँगै अघि बढेका उदाहरणहरु छन् । जस्तै अभिनेत्री बर्षा सिवाकोटी र बर्षा राउतको सिने यात्राको गति उस्तै देखिन्छ । आज हामीले सिनेमामा कसैको नाम र कसैको अनुहार उस्तै भएकाले उनीहरुको फ्यानहरु झुक्कीने गरेका किस्सा प्रस्तुत गर्दैछौँ ।
बर्षा राउत र बर्षा सिवाकोटी
अभिनत्री द्वय बर्षा राउत र बर्षा सिवाकोटीको अनुहार उस्तै छ भने नाम पनि एउटै । अधिकांसलाई उनीहरुको अनुहार ठम्याउनै गाह्रो पर्ने गरेको छ । दुवै जना मोडलिङ र अभिनयको सुखद यात्रा शुरु गर्दै छन् । अरुसँग नाम जुध्दा र अनुहार मिलेका कारण फ्यानहरु झुक्कीँदा तपाईँलाई कस्तो लाग्छ भनेर हामीले नायिका बर्षा राउतलाई सोधेका थियौँ । जवाफमा बर्षाले आफूलाई केहि पनि फरक नपर्ने बताईन् । उनको लागि यो कुनै ठूलो कुरा हैन । आफूलाई अरुले बर्षा सिवोकोटी भन्यो भन्दैमा आफ्नो परिचय र काम परिवर्तन नहुने बताईन् । उनी भन्छीन्– मलाई चिन्नेहरुले चिनिरहनु भएको छ । कोही कोही झुक्कीनृु हुन्छ । तर मलाई फरक पर्दैन ।
त्यस्तै आफूले गरेका कामको श्रेय अरुले लाँदा पनि आफूलाई फरक नपर्ने बताउँदै उनले आफूलाई आफ्नो कामसँग मात्रै चासो भएको बताईन् – “मलाई मेरो काम कस्तो तरिकाले भईरहेको छ । त्यसमा मात्रै चासो छ । मलाई मेरो स्टारडममा चासो छैन । ढिलो चाँडो भन्ने कुरा आफ्नो ठाउँमा छ तर राम्रो काम गरियो भने त्यसको श्रेय पाउने आफूले नै हो ।”

राजा राजेन्द्र पोख्रेल– राजाराम पौड्याल, आर पी भट्टराई राजाराम
यी तीन कलाका पनि नाम उस्तै भएका कारण हैरान छ । हाँस्य कलाका राजा राजेन्द्र, राजाराम पौड्याल र अर्का हाँस्य कलाकार आर पी भट्टाई लाजाराममा उनीहरुका फ्याहरु झुक्कीएका छन् । यी मध्ये सबैभनदा धेरै तनाव भोगेका छन् राजा राजेन्द्रले । स्टेज कार्यक्रममा जाँदा आफूलाई राजाराम भनेर बोलाएर आफू बानी बानी पारिसकेको राजा बताउँछन् । एकपटक घटेको घटना सम्झदै उनले भने – “आयोजकले मलाइ बोलाउन खोज्यो, निर्णय भयो, अनि फोन गर्दा चाहि राजाराम नामको व्यक्तिलाई गएछ । त्यो फोन तितो सत्यका राजाराम, आर पी भट्टराईकहाँ पुग्यो । त्यसपछि अन्य कलाकाहरुलाई पनि गाई जात्राको उद्धघोषक राजाराजेन्द्रसँग आउनु भनियो । मलाई बोलाएका छौँ भनेर आयोजक ढुक्क भएका थिए तर फोन चाहि आर पी भट्टराई गरिएको थियो । त्यसपछि साथीहरु कतिखेर जाने भनेर फोन गर्दै थिए । मलाई भने आयोजकले कुरै गरेको थिएन । निकै बेरपछि मैले साथीहरुलाई आर पी जीलाई फोन गर्नुस भनेँ उहाँ जान तयार भईसक्नु भएको रहेछ । धेरै पटक तपाईँ त मोटो कलाकार भनेको हैन पो रैछ भनेर धेरैले भनिसकेका थिए । त्यस काण आयोजकले आर पी जीलाई फोन गर्यो भन्ने मैलै बुझीसकेको थिएँ । यो सम्झदा मलाई निकै हाँसो लाग्छ । आयोजकहरुले के सोचे होलान् ।
त्यस्तै राजाराम पौडेल दाई र ममा पनि झुक्कीने गरेका छन् । कहिकतै मलाई राजाराम पोख्रेल भनेर सम्बोधन गर्छन् त कतै राजा राजेन्द्र पौडेल पनि भन्छन् । हुन त पोख्रेल र पौड्यालको गोत्र पनि मिल्छ । यो कन्फ्युजन यतिसम्म मात्रै रहेन विवाह पछि मेरो श्रीमतीको साथीहरुले कुरा गरेछन्
पहिलो साथी – ओई, रेनुले को सँग विवाह गरेको ?
अर्को साथीको जवाफ – कलाकार राजा राजेन्द्रसँग ।
पहिलो साथी –त्यस्तो बुढोसँग ?
अरुबेला झुक्केको त ठिकै लाग्छ तर फेसबुकमा त्यहि नाम हुन्छ, त्यहि नाममा क्लिक गरेर म्यासेज पठाउँछन् के छ राजाराम जी ? खासमा मान्छेहरुलाई राजामा राजेन्द्र जोडिन्छ भन्ने नै लाग्दैन । राजामा राम नै हुन्छ भन्ने बुझाई छ । ”
त्यस्तै अनुहारका कारणले प्रमोद खरेल र राजा राजेन्द्रमा पनि मानिसहरु झुक्कीने गरेको राजाले बताएका छन् । त्यहि कारणले राजा लामो कपाल कहिल्यै पाल्दैनन् ।

राजेश हमाल र शीतल केसी
शीतल केसीलाई नक्कली राजेश हमाल नै भनेर चिनिन्छन् । उनीहरुको हेयर स्टाईल, अनुहार बिशेषगरि आँखा, नाक र मुख पनि उस्तै देखिन्छ । उनीहरुको हाईट पनि झण्डै उस्तै छ । र दुवै पाखुरा बटारिएका मस्कुलर देखिन्छन् । बोल्दासमेत दुवै जना घाँटी फूलाएर धोद्रे स्वरमा बोल्छन् । चाहे गुण्डासँग झगडा होस् या पे्रमिकासँगको प्रेम दुवैजना दुरुस्तै । नाच्नमा दुवै कमजोर छन् । नक्कली राजेश हमाल भन्दामा शीतल हैरान नभएर सन्तुष्ट छन् की भन्ने बुझिन्छ । किनभने राजेश हमालसँग मिल्दो हेय स्टाईल बदल्न मिल्ने हुँदापनि पनि उनले बदलेका छैनन् । र डायलग बोल्दा समेत कनेरै भएपनि राजेश हमालजस्तै बनाउने कोसीस गर्छन् । हल्ला के सम्म छ भने, बाग्मती चलचित्रका सुटिङका क्रममा दक्षिण भातीयर निर्देशकले राजेश हमालको ढिलो गर्ने बानीबाट वाक्क भएर बानी नसुधारे, मेकअप म्यानलाई अलिकति दुख भएपनि राजेश बनाएर शीतल केसीलाई खेलाउने धम्की दिएका थिए रे । यो कतिको साँचो हो, पुष्टि हुन बाँकी छ । तर, यति हो की राजेश र शीतल ठ्याक्कै उस्तै देखिन्छन् एउटा कलिलो एउटा छिप्पट ।

कमल के क्षत्री र कमल खत्री
गायक कमल कुमार क्षेत्री र अर्का गायक कमल खत्री एकअर्काको नाममा फ्यानहरु झुक्कीएका कारण हैरान छन् । केहि समय अघि मात्रै कमल के क्षेत्रीले कमल खत्री र उनको नाममा धेरै झुक्कीने गरेका जानकारी दिएका थिए । उनले – मलाई बोलाएको कार्यक्रममा कमल खत्रीको गीत गाउन लाउनुहुन्छ । त्यस्तै कमललाई बोलाएको कार्यक्रममा मेरो गीत गाउन लाउनुहुन्छ । एक पटक विदेशको एक कार्यक्रममा कमल खत्रीलाई आई लभ यु भन्ने गीत गाउनु है भन्ने अनुरोध आएछ । पछि म कमल खत्री हुँ क्षेत्री हैन भनेर कमलले बुझाएछन् । यो कुरा कमलले मलाई सेयर गरेका थिए ।
कमलले आफ्नो नाम कमल क्षत्री बाट कमल के क्षेत्री बनाउनुको कारण पनि यहि नै थियो । उनले आफ्ना फ्यानहरु नझुक्कीउन् भनेर आफ्नो नामको बिचमा के थपेका थिए ।

आस्था बी र आस्था राउत
गायिका आस्था बी र आस्था राउतमा पनि मानिसहरु झुक्कीने गरेका छन् । यी दुवैलाई बोल्ड अवाजका कारण चिनिन्छन् । आस्था बिले पप गायनमा आफ्नो परिचय बनाएकी छिन् भने आस्था राउतले पपका साथै पाश्र्व गायनमा परिचय बनाएकी छिन् । आस्था बी आफ्नो सौखको लागि एल्बम निकाल्छीन् भने आस्था राउत एक व्यवसायिक गायिका नै बनिसकेकी छिन् ।

शिशिर भण्डारी– गौरभ पहारी र निरज बराल
अभिनेता शिशिर भण्डारी पनि अनुहार मिल्दा धेरै पटक समस्यामा परेका छन् । उनको नाम थाहा नपाउनेले उनलाई अभिनेता निरज बरालको भाई भन्ठान्छन् भने कतिले उनलाई निरजै भन्छन् । एकपटक त शिशिरका बुवा समेत निरजको तस्वीर देख्दा आफ्नै छोरो भनेर झुक्कीएका थिए । एकपटक पोस्टर हेरेर फिल्म हेर्न हलमा पुगेका शिशिरका बुवा हलमा पुगेपछि फिल्मको हिरो अर्कै भन्ने थाहा पाएपछि फर्केको किस्सा केहि समय अघि मात्रै शिशिरले फर्सीनेटवर्कलाई बताएका थिए ।
त्यस्तै शिशिरलाई धेरैले अभिनेता गौरभ पहारीसँग पनि दाँज्ने गरेको पाईन्छ । गौरभ खेलेको फिल्मको श्रेय शिशिरले पाउने र शिशिरको कार्यक्रमको श्रेय गौरभले पाएको जानकारी शिशिरले फर्सीनेटवर्कलाई दिएका थिए ।

निशा देसार र निशा सुनार
गायिका द्वय निशा देशार र निशा सुनारमा पनि मानिसहरु झुक्कीने गरेका छन् । नाम र थर दुवै झण्डै उस्तै भएका कारण उनीहरुबिच फरक छुट्याउन धेरैलाई मुश्कील परेको पाईन्छ । निशा देसार सुगम संगीतमा सक्रीय छिन् भने निशा सुनार लोकगीत र मोडलिङमा सक्रीय छिन् ।
यी कलाकार बाहेक नायिका नम्रता श्रेष्ठ, नम्रता सापकोटा र गाँठोकी अभिनेत्री नम्रता श्रेष्ठ, संगीतकार कालिप्रसाद बास्कोटा र गीतकार कालीप्रसाद रिजाल, अभिनेता तथा भि जे सुरज सिंह ठकूरी र गायक सुरज शाही ठकूरी, निर्देशक दयाराम दाहाल र गीतकार तथा पत्रकार दयाराम पाण्डे, संगीतकार अर्जुन पोख्रेल र भिडियो सम्पादक अर्जुन पाख्रेल, आर जे सबीना कार्की र गायिका सबीना कार्की लगायतका सेलिब्रेटीहरुमा मानिसहरु झुक्कीने गरेको पाईएको छ ।

0 comments:
Post a Comment