Ads

Friday, August 19, 2016

नेपाली झण्डा राखेर ट्रेलर कुदाउने ड्राइभरहरु

Posted By: Samsung - 2:42 AM

खाडीको बढ्दो रापिलो ताप । सूर्यको पहिलो किरणले दिनको संकेत गर्छ भने झैं हरेक दिन खाडीका मूलुक बिहानबाटै बाफिन थाल्छ । आजको तापक्रप कति माथि पुग्ने हो भन्ने त्यही पहिलो घामको किरणले जनाइदिन्छ । त्यसमाथि झन् सापेक्षिक आर्द्रता !
त्यही तापलाई छिचोल्दै कतारको सनैया ३० मा पुग्दा सिन्धुपाल्चोक लिस्ती-९ का ३५ वर्षीय छिरिङ शेर्पा, सोलुखुम्बु सल्लेरीका ३८ वर्षीय पासाङ शेर्पा, मदनपुर, नुवाकोटका २४ वर्षीय मनोज लामा, सिमराका ४६ वर्षीय लक्ष्मण कार्की, नुवाकोटकै २७ वर्षीय कृष्णबहादुर लामा र पालुङ, मकवानपुरका २६ वर्षीय बिरबल घले एउटा क्याम्पभित्र १६ डिग्रीको चिसो कोठामा भेटिए ।
उनीहरु होमसाइडबाट सनैयाको ब्लक बनाउने उद्योगका लागि ट्रेलरमा बालुवा बोक्छन् । हप्तामा एकपटक कोठामा आइपुग्ने यी ड्राइभरको साइट बन्द भएकोले संयोगले क्याम्पमा भेटिए । ‘बालुवा बोक्न जाने खानीमा बाटोको लेन सबै हराएको छ । मरुभूमीमा सडक छैन । गाडीहरु जताततैबाट जाने भएकोले अस्तब्यस्त भयो । बलेदिया (नगरपालिका) ले बाटोको ट्र्याक खोल्न कम्पनीलाई जिम्मा दिएकाले ४/५ दिन क्याम्पको बास हुन जुरेको छ,' छिरिङले भने ।

पासाङले भनेको जस्तो त्यो लाख रुपैयाँ कमाउन भने त्यति सजिलो छैन । त्यसको लागि गर्नुपर्ने एकदिनको दैनिकी सुनाए,‘होमसाइडमा एउटा बालुवा खानी छ । जुन माटो जस्तो छ । यहाँ जति खने पनि बालुवा त्यति नै आइरहेका हुन्छ । हेर्दा त अचम्म लाग्छ । मान्छेहरु उडेर आएका बालुवा यही थुप्रिन्छ पनि भन्छन् । यो बालुवा दिनमा एक टिप बोक्नुपर्छ । त्यसको लागि घण्टौ लाइनमा बस्नुपर्छ । डिउटीको समय निश्चित हुँदैन । हरेक बिहान १० देखि १२ बजेसम्म गेट खुल्छ । त्यसको लागि अघिल्लो रातमै गएर लाइन बस्छ । रातभरी गाडी छोड्न मिल्दैन । साना गाडी हुनेहरु कोठामा फर्किन्छन् । नहुनेहरु गाडीमा रात कटाउने हो । एसीवला गाडी भए त ठिकै हो । नहुनेहरुको बिजोग हुन्छ । हावा त्यति नै चलिरहेको हुन्छ । बाहिर धुलो तीब्र गतिमा उडिरहेको हुन्छ । झ्याल खोलेर बस्न सकिदैन ।’
बिहान गेटखुलेपछि गाडी सर्न थाल्छ । बिस्तारै बिस्तारै सर्दै बल्लबल्ल पालो आउँछ । त्यो बोकेर सनैया ल्याउन हतार हुन्छ । त्यसपछि फर्केर फेरि त्यही खानीमा लाइन बस्न स्पिड लगाइन्छ । कोठा छिर्ने, नुहाउने, आराम गर्ने भन्ने हुँदैन् । ‘मिले अर्को टिप पनि हान्ने हो । किन भने हामी एक टिपको ५० रियाल पाउँछौं । ट्रेलर ड्राइभरको आम्दानीको मुख्य स्रोत नै टिप हो । बेसिक त दुई हजार रियाल हुन्छ,' कृष्णबहादुर लामाले भने, ‘बेसिकमा मात्रै बस्यो भने त कतारमा खान मात्रै ठिक्क हुन्छ ।’
 
तर, पहिलाको जस्तो टिप हान्ने सहज दिन अहिले छैन । ‘खानी कम छ । बालुवाको लागि त होमसाइडै मुख्य हो । भएभरका सबै ट्रेलर यही खानीमा केन्द्रित छन् । दिनमा सयौको लाइन हुन्छ । त्यही भएर एक टिपमै दिन कट्छ,' उनले भने ।

...

सिमराका लक्ष्मण अरुभन्दा अझ बढी दुनियाँ घुमिसकेका रहेछन् । उनी २०६० सालमा साउदी छिरे । साउदीको जेद्दा क्षेत्रलाई आधार इलाका बनाएर गाडीमा दौडाए । जसमा ४२ महिना टिके । साउदीबाट कुबेत हुँदै इराकसम्म ट्रेलर लगे । इराकको जोखिमपूर्ण यात्राले उनलाई अभ्यस्त बनाइसकेको थियो । त्यसपछि गाडी कुदाउन अफगानिस्तानमा गए । त्यहाँ एक वर्ष बिताए । ‘मैले रहर र बाध्यता दुबै थरीको अनुभव लिइसकेर २००८ देखि कतारमा छु,' कार्कीले भने, ‘यो बीचमा खाडीका सबै सडकहरु नापिसकेको छु । देश र दुनियाँ भोगिसकेको छु । हामी जता गए पनि ड्राइभरको जिन्दगी उही त हो नी ।’

...

ट्रेलरलाई ट्राफिक नियम पालनाका लागि पनि धेरै कडा बनाइएको छ । सहर छिर्ने समय निश्चित तोकिएको हुन्छ । बाटोमा स्पिड ८० मै सिमित राखिदिएको हुन्छ । ओभरलोड हुने बित्तिकै ३ हजार रियाल ड्राइभरको नाममा जरिवाना आँउछ । ‘बालुवा हाल्ने ठाँउमा तौल जोख्ने स्थिति हुन्न । उनीहरुले जति अपलोड गरिदियो त्यही बोकेर आउने हो । कहिले बढी हुन्छ । कहिले कम हुन्छ,' पासाङले भने, ‘कम भएको बेला त ठिकै हो । बढी भएको अवस्थामा भेटियो भने त जरिवानामा परिहालियो ।’
कम्पनीले गाडीको भाडा टनको हिसाबले लिन्छ  । जति बढी टन, त्यति बढी आम्दानी । यसको बीचमा ड्राइभर । ‘कम्पनीको दबाबमा काम गर्दा हामी मारमा परिरहेका हुन्छौं,' उनले भने ।  
फेरि पानी परेको बेला, हुरी लागेको बेला, हुस्सु लागेको बेला ट्रेलर कुदाउन पाइँदैन । ‘ट्रेलरलाई धेरै टाइट छ । हरेक ठाँउमा नो इन्ट्री छ,' छिरिङले भने  ।  
त्यसो त अहिले ट्रेलरमा पहिला जस्तो लाइसेन्स निकाल्न सजिलो पनि छैन । साउदीमै ५ वर्षसम्म ट्रेलर चलाएर आएका पालुङका बिरबल ९ महिनादेखि लाइसेन्स परीक्षामा पास हुन सकेको छैनन् । ‘कम्प्युटरमै फेल हुन्छ । अब के भन्ने ?,' उनले भने, ‘गाडी चलाउन नजान्ने केही छैन । त्यत्रो वर्ष साउदीमा चलाइयो । अब त्यहाँको लाइसेन्सले यहाँ काम नगर्ने । यताको लाइसेन्स निकाल्न नसकिने ।’
उनी स्कुल धाउन अझै छोडेको छैनन् । ‘कम्पनी गतिलो परिदिएकोले म टिकेको हो । काम नभए पनि बेसिक तलब दुई हजार रियाल दिएर राखेको छ । लाइसेन्स निकाल्ने खर्च कम्पनीकै हो,' बिरबल भन्दै थिए, ‘नत्र अरु जस्तो कम्पनीले खाना पनि नदिने अवस्था आएको भए उहिले नै कतार छोडिसक्थे होला ।’
गाडी अनुसार ड्राइभर नहुँदा पुराना ड्राइभर बिदामा घर जान पाएको छैनन् । ‘उनीहरुले लाइसेन्स निकालेपछि बिदा पाइन्छ । खै लाइसेन्स कहिले निस्कने हो,' शेर्पा भन्दै थिए, ‘कम्पनीसँग झगडा गरेर गाडी खडा गर्ने कुरा आउँदैनन् । भोलि फेरि ट्रेलर कुदाउन यही कम्पनीमा आउनुपर्छ ।’

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy