Ads

Friday, August 19, 2016

दुर्घटनापछि मात्रै उठ्छन् नियमका कुरा

Posted By: Samsung - 2:48 AM

ठूला दुर्घटनाका बेला ट्राफिक नियम पालनाको कुरा उठ्ने गरेको छ । क्षमताभन्दा बढी सवारी बोकेको, लामो दूरीका गाडीमा एउटै चालक राखेको तथा तीव्र गतिमा सवारी साधन चलाउने गरेको विषयले फेरि चर्चा पाएको छ । चालकको लापरबाही तथा क्षमताभन्दा बढी यात्रु बोकेका कारण  सुदूरपश्चिमका विभिन्न ठाउँमा सवारी दुर्घटना भएको विभिन्न छानबिन समितिले पेस गरेका प्रतिवेदनमा समेत उल्लेख छ । तर नियमक निकायले यस्ता कुराप्रति सचेतता नअपनाउँदा केही समयपछि त्यतिकै सेलाएर जाने गरेका कारण दुर्घटना न्यूनीकरण हुन नसकेको सरोकारवाला बताउँछन् ।
पछिल्लो पटक काभ्रे र बैतडीमा भएका ठूला दुर्घटनापछि एक पटक फेरि यो विषयले चर्चा पाएको छ । सडकमा ट्राफिक चेकजाँचमा पनि बढेको छ । ‘ट्राफिक नियमसँगै सवारी साधनको चेकजाँच र अनुगमन पनि दुर्घटनापछि मात्रै बढाइन्छ’ नागरिक समाज कञ्चनपुरका सचिव कोमल निरञ्जन भाटले भने, ‘चाडबाडका बेला र दुर्घटना भएपछि मात्रै तात्ने बानीका कारण दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।’

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy