Ads

Thursday, August 18, 2016

युवकसँग प्रेम गरेको भन्दै १४ वर्षकी छोरीको हत्या

Posted By: Samsung - 4:11 AM

पर्साको महादेवपट्टी गाविसमा एक व्यक्तिले १४ वर्षकी छोरीको हत्या गरेका छन् । महादेवपट्टी गाविस वडा नम्बर ३ का शिव मुखिया बिनले १४ वर्षकी छोरी प्रभा कुमारीको बुधबार राति हत्या गरेका हुन् ।
बिनलाइ प्रहरीले बिहिबार बिहान उनकै घरबाट पक्राउ गरेको छ । स्थानीयवासीले बिनले गएराति छोरी प्रभाको हत्या गरेको सुराकी दिएपछि प्रहरी चौकी महादेवपट्टीको टोलीले बिहिबार बिहान घरबाटै बिनलाइ पक्राउ गरेको पर्साका प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
प्रभाको गाँउकै एक युवकसंग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि बिनले छोरीको हत्या गरेको स्थानीयवासीले बताएका छन् ।
प्रहरी हिरासतमा रहेका बिनले पनि छोरीको गाउका युवकसंग नाजायज प्रेम सम्बन्ध रहेको थाहा पाएपछि इज्जत प्रतिष्ठा जोगाउनका लागि हत्या गरेर शव गाँउ नजिकै रहेको भारतको पचरौता जंगलमा लगेर फालिदिएको बयान प्रहरीलाइ दिएका छन् ।
बिनको बयानका आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरिक्षक चक्र बहादुर शाहको नेतृत्वमा प्रहरीको टोलीले जंगलमा प्रभाको शवको खोज तलाश गरिरहेको प्रहरी नायव उपरिक्षक बोगटीले बताए । प्रभाकी आमा शारदा मुखिया र दाजु राज कुमार मुखिया पनि घर छाडेर फरार रहेको प्रहरी नायव उपरिक्षक बोगटीले बताए ।
शव फेला नपरे सम्म घटनाका बारेमा यकिनका साथ भन्न सकिने अवस्था नरहेको पनि उहाले बताए ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy