झट्ट सुन्दा यो पत्याउनै सकिँदैन । किनकि, हामीले लामो समययता पढ्दै आएका छौँ– बलिउड अभिनेता सलमान खानले यो वर्षभित्र विवाह गर्ने तय गरेका छन् । केही समयअघि विभिन्न आरोपमा अदालतले सफाइ दिएपछि उनले विवाह गर्ने सम्भावना झन् बढेको रिपोर्ट आइरहेका थिए । तर, खासमा त उनले विवाह गरिसकेका छन् । कम्तीमा पनि रोमानियाका पत्रपत्रिकालाई पत्याउने हो भने यो कुरा विश्वास गर्न तयार हुनैपर्छ । रोमानियाका मिडियाका अनुसार सलमानले रोमानियन मोडल युलिया वन्तुरसँग विवाह गरेका हुन् । सलमान फिल्म ‘ट्युबलाइट’को सुटिङका लागि केही समयअघि लद्दाख पुगेका थिए । त्यही ठाउँमा सलमानले युलिया मात्र होइन, उनका बाबुआमालाई पनि भेटेका थिए । त्यो भेट विवाहका लागि भएको र सलमान र युलियाले विवाह गरिसकेको रोमानियाका मिडियाले दाबी गरेका छन् । यता, भारतीय मिडियाले भने यो दाबीमा आश्चर्य व्यक्त गरेका छन् । -
Thursday, August 18, 2016
सलमानले गरिसके विवाह !
Posted By: Samsung - 4:09 AM
Filled Under
ENTERTAINMENT
About Samsung
Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment