Ads

Thursday, August 18, 2016

२५ वर्षपछि नेविसंघमा कर्णालीको प्रतिनिधित्व

Posted By: Samsung - 4:18 AM

कर्णालीले २५ वर्षपछि नेविसंघको केन्द्रमा प्रतिनिधित्व पाएको छ। नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनले जुम्लाकी समिता शाहीलाई महिला केन्द्रीय सदस्यमा निर्विरोध निर्वार्वाचित गरेपछि कर्णालीले प्रतिनिधित्व पाएको हो।
२५ वर्ष अगाडि सिजाका नर्मजंग हमाल र नेपाली काग्रेसका सभापति स्वर्गीय मानव सेजुलवाल निर्वाचित भएका थिए। शाही कर्णालीबाट निर्वाचित हुने पहिलो महिला केन्द्रीय सदस्य हुन्। दुई दशकसम्म नेविसंघको राजनीतिमा जुम्लाबाट प्रतिनिधित्व थिएन।
विद्यार्थी राजनीतिमा विगत २५ वर्षसम्म जुम्लाबाट कुनै पनि महिला वा पुरुष केन्द्रीय सदस्यमा नपुगेको अवस्थामा नेविसंघको ११ औं महाधिवेशनले समिता शाहीलाई केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको नेपाली कांग्रेस जुम्लाका पार्टी सचिव कर्णबहादुर शाहीले जानकारी दिए। उनले भने, ‘कर्णालीले पहिलो पटक नेविसंघमा सम्मानजनक प्रतिनिधित्व पाएको छ।’
जुम्लाको अत्यन्तै विकट गाविस ताम्ती ८ टोप्ला गाउँमा जन्मेकी २२ वर्षीया शाहीले पिछडिएको क्षेत्रका लागि तोकिएको कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी थिइन्। उनको विपक्षीमा उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएकी हुन्।
नेपाली कांग्रेसकी नेतृ कान्तिका सेजुवालले कर्णालीबाट महिला प्रतिनिधित्व भएकोमा खुसी व्यक्त गरिन्। उनले भनिन्,‘ नेविसंघमा जस्तै अन्य निकायमासमेत कर्णालीबाट सम्मानजनक प्रतिनिधित्व पाउनु पर्छ। यो कार्यकालमा उनले कर्णालीको विद्यार्थीको हक हितका पक्षमा आवाज सक्रियता पूर्वक उठाउने अपेक्षा रहेको बताइन्।
नेविसंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि समिताले विद्यार्थीको हक हितका पक्षमा सधै लागिरहने प्रतिवद्धता जनाइन्। उनले भनिन्, ‘अवको समय कर्णालीका विद्यार्थीलाई संगठित गरेर अघि बढ्नु मेरो कर्तव्य हुनेछ।’

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy