Ads

Tuesday, August 16, 2016

अहिले साउदीमा देखिएको संकटले नेपालीको रोजगारी खुम्चिन्न

Posted By: Samsung - 7:14 AM

काठमाडौं, साउन ३२ – साउदी अरबमा नेपाली लगायतका प्रवासी कामदार रोजगारी नपाएर विचल्लीमा परेका समाचारहरु आइरहेका छन् । मैले पनि आफ्नो हिसावले ‘फलो अप’ गरिरहेको छु । साउदीका नेपाली संघसंस्थाका प्रतिक्रिया हेरिरहेको छु ।
त्यो हेर्दा अहिले कतिपय कम्पनीहरुले तलब समयमा नदिएर कामदार अप्ठेरोमा परेका छन् भन्ने कुरा आइरहेको छ । यसको कारण केही कम्पनीहरु आर्थिक अवस्था कमजोर भएर, आफ्नो दायित्वबाट पन्छिन खोजेर वा कम्पनीले भनेजस्तो काम नपाएर हुनसक्छ । तर यहीँ कारणले हो भन्ने ठोकुवा गर्ने आधार छैन ।
यो अवस्थामा साउदीको रोजगारी संकटमा परेको हो भन्न मिल्दैन् । किनभने हाम्रा कामदारमध्ये झण्डै सय जनालाई मात्रै त्यस्तो समस्या परेको देखिएको छ ।
अरु मुलुकका बढि संख्यामा देखियो । कतिपय मुलुकले तत्कालै आफ्ना कामदार उद्धार पनि गरे । कतिले उद्धारका लागि बजेट छुट्याएका छन् । भारत, पाकिस्तान, फिलिपिन्सले उच्चस्तरीय प्रतिनिधिमण्डल त्यहाँ पठाउने भनेर निर्णय गरेको छ ।
हाम्रो सरकारले पनि त्यो पहल थालेको छ । त्यसै अनुसार रियादमा रहेको दूतावास र जेद्धामा रहेको महावाणिज्य दूतको कार्यालयले सहयोग पनि गरिरहेको छ । त्यसैले यसलाई नयाँ संकटको शुरुवात भएको मान्न सकिन्छ ।
हाम्रो मुलुकले मात्रै होइन्, अरु मुलुकले पनि यो विषयलाई विशेष चासोका साथ लिएको छ । र ठूला कम्पनीहरुमा नै तलब नपाइरहेको स्थिती भनेपछि धेरै मानिस प्रभावित हुन थालेको चाहिँ देखियो ।
यस्तो किसिमको संकट त त्यहाँ आइरहन्छ । ८० लाख प्रवासी कामदार त्यहाँ कार्यरत छन । हजारौं क्षेत्रमा हजारौं कम्पनीमा उनीहरु कार्यरत छन् । त्यसैले कहिलेकाहीँ कुनै कम्पनी टाट पल्टिने, कुनै कम्पनी मुद्धामामिलामा पर्ने, स्पोन्सर भाग्ने खालका संकट त पहिले पनि आइरहन्थ्यो ।
साउदीको अर्थतन्त्र पेट्रोलियम पदार्थको निर्यातमा भर पर्छ । अहिले के अनुमान गरिँदै छ भने अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेकोले त्यहाँ त्यस्तो भइरहेको छ ।
त्यहीँ कारणले अहिले चालु विकास निर्माण र विकासका कामका लागि खर्चको अभाव हुन थाल्यो कि भन्ने एउटा कारण अनुमान गरिएको छ । तर त्यो अनुमान गर्न पनि अलि हतार नै हुन्छ ।
किनभने भर्खरै साउदी सरकारले पनि एक सय मिलियन रियाल (झण्डै दुई अर्ब ८० करोड रुपैयाँ)  समस्यामा परेका मजदुरलाई तलब सुविधाका लागि छुट्याएको छ । यत्रो राहत खर्च गर्ने तयारी गरेको देख्दा अहिले नै हामी त्यो अनुमानमा पुग्न सक्दैनौं ।
साउदीकरणको नीति त सन् २०११ देखी नै सुरु गरेको हो । कम्पनीको स्तर हेरेर कुन कम्पनीमा कति प्रतिशत साउदी नागरिकलाई अनिवार्य काम दिनुपर्छ भन्ने कुरा त्यतिबेलै देखी सुरु गरिएको हो ।
कतिपय ठाँउमा अव्यवहारिक भएको पनि छ । त्यस्ता ठाँउमा संसोधन गर्दै लागु गरिरहेको छ । तर यो विषय तलब नदिने समस्यासँग सम्बन्धित छैन ।
साउदीमा नेपाली कामदारको माग निरन्तर बढिरहेको छ । म राजदूतका रुपमा सन् २०११ मा त्यहाँ गएको थिएँ । त्यतिबेला ७० हजार नेपाली कामदार त्यहाँ गएका थिए ।
प्रत्येक वर्ष साउदी जाने नेपाली कामदारको संख्या बढिरहेको छ । गतवर्ष एक लाख ३८ हजार नेपाली कामदार साउदी गए । यसैले साउदीमा नेपाली कामदारको माग बढिरहेकै छ ।
म नेपाल फर्किएको एक वर्ष भयो । हरेक क्षेत्रमा त्यहाँ विकासका नयाँ योजनाहरु आइरहेका थिए । त्यसैले रोजगारी खुम्चिने कुरा हुँदैन । पेट्रोलियम पदार्थको मूल्य घट्दा के हुन्छ भन्न सकिन्न । तर अहिलेसम्म साउदी सरकारको कुरा हेर्ने हो भने यो मूल्यमा आएको गिरावटले परियोजनाहरुलाई प्रभाव पर्दैन ।        -उज्यालोबाट साभार

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy