Ads

Tuesday, August 16, 2016

६० वर्षकी वृद्धा बलात्कार गरेर गहना लुट्ने एकजना पक्राउ

Posted By: Samsung - 7:18 AM

स्याङजा, साउन ३२ – ६० वर्षकी एक वृद्धालाई बलात्कार गरेर फरार भएका पर्वत त्रिवेणी गाविस–७ का झकबहादुर राना जिटीलाई वडा प्रहरी कार्यालय वालिङको टोलीले पक्राउ गरेको छ । 
प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार पर्वतको त्रिवेणी गाविस–७ बस्ने ३५ वर्षका झकबहादुरलाई मंगलबार पक्राउ गरिएको हो ।
मकैबारीमा काम गरिरहेकी वृद्धालाई झकबहादुरले बलात्कार गरेर वृद्धाले लगाएको तिलहरी र अन्य गहना चोरी गरेका प्रहरी निरीक्षक बरालले बताउनुभयो । फरार रहेको झकबहादुरलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा जबर्जस्ती करणी तथा चोरी मुद्दामा म्याद थप गरी कारबाही अगाडी बढाएको छ ।
झकबहादुरले यही साउन २१ गते बेलुका ६ बजेतिर ती वृद्धाको बलात्कार गरेको प्रहरीले जनाएको छ । 

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy