Ads

Tuesday, August 16, 2016

भोलिदेखि क्षमताभन्दा बढी यात्रु बोके तुरुन्तै कारवाही

Posted By: Samsung - 6:50 AM

३२ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारीलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न सम्बद्ध निकायहरु निकायलाई निर्देशन दिएको छ ।
आज मन्त्रालयमा भएको छलफलमा यातायात व्यवस्था मन्त्री रमेश लेखकले क्षमताभन्दा अत्याधिक यात्रु बोकेर गुड्ने शहरी रुट बाहेकका क्षेत्रमा चल्ने सवारीलाई कुनैपनि बाहनामा छुट नदिन यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई निर्देशन दिएका हुन् ।
‘भोलिदेखि शहरी रुट बाहेक लामा र ग्रामीण रुटमाहरु गुड्ने सवारीले क्षमताभन्दा बढी यात्रु बोक्न तुरुन्त रोक्नुस्’ मन्त्री लखेकले निर्देशन दिँदै भनेका छन्,’अटेर गर्ने सवारीलाई तुरुन्त नियन्त्रणमा लिएर यातायात ऐनमा भएको कारवाहीको अधिकतम् हदसम्म जरिवाना गराउनुस् । क्षमता भन्दा बढी यत्राु बोक्न दिँदै नदिनुस् ।’
क्षमताभन्दा बढी यात्रु बोकेको जिम्मेवारी सवारीधनिले लिनुपर्ने बताउँदै मन्त्री लेखकले प्रहरीले पनि धेरै यात्रु बोकेर सवारीको कागजात तुरुन्त जफत गर्नुपर्ने बताए । अटेर गर्नेहरुमाथि कडा कारवाही गर्न कुनै कानुनी व्यवस्था आवश्यक भए तत्काल ऐन परिमार्जनका लागि प्रस्ताव ल्याउन उनले यातायात व्यवस्था विभागलाई निर्देशन दिए ।
प्रहरीको पोष्ट आसपास पुग्नुअघि सुरक्षाजाँच छल्न यात्रु ओराल्ने र केही पर लगेर फेरि यात्रु कोच्ने प्रवृत्ति अत्त्य गर्न प्रहरीले थप सक्रियता बढाउनु पर्ने मन्त्री लेखकले बताए ।
छतमा राखेर यात्रा गराउने, यात्रुबाहक सवारीमा सामनको ढुवानी गर्ने, ढोका झुण्डिएर यात्रा गर्ने लगायतका प्रवृत्तिलाई निरुत्साहित गर्न उनले प्रहरीको सक्रियता जरुरी भएको बताए । रुटपर्मिट नलिइ चल्ने सवारीलाई भोलिदेखि नै बन्द गराउन पनि मन्त्रालयले विभागलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सवारी दुर्घटना न्युनीकरणका लागि के-के गर्न सकिन्छ भन्नेबारे सुझाव दिन र सवारी तथा यातायात व्यवस्था ऐनमा थप गर्न आवश्यक देखिएका प्रावधानबारे तत्काल गृहकार्य गरेर पेश गर्न विभागका अधिकारीलाई निर्देशन दिएका छन् ।
बैठकले सोमबार काभ्रे लगायतका स्थानमा भएका सवारी दुर्घटनामा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वासथ्य लाभको कामना पनि गरेको यातायात वयवस्था विभागका निर्देशक बसन्त अधिकारीले जानकारी दिए ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy