Ads

Saturday, August 27, 2016

तपाईं फेसबुक चलाउनुहुन्छ भने केही छैन गोप्य

Posted By: Samsung - 12:24 AM
Loading...
तपाईंको फेसबुक वालमा जो विज्ञापन देखा पर्दछन् ती देखेर तपाईं कहिलेकाहीँ छक्क पर्नुहुन्छ होला, फेसबुकले कस्तो आफ्नो मनकै कुरा बुझेर आफुसँग सम्बन्धित विज्ञापनहरु नै देखाइदिएको होला भनेर ।
तपाईंको परिवारका फेसबुकवाला कसैको जन्मदिन छ भने फेसबुकले तपाइँको वालमा केक वा फूलको विज्ञापन देखाउन थाल्छ ।
यस्तो सबैको फेसबुकमा हुन्छ र हुनेवाला पनि छ । कतिपयका लागि यो हैरानीको विषय हुनसक्छ । तर अनलाइनको दुनियामा छिरिसकेपछि यस्ता कुरामा हैरान मानेर काम छैन । वास्तवमा फेसबुकमा छिर्दाखेरी नै प्रयोगकर्ताले दिने आफ्ना विवरणका कारण फेसबुकले प्रयोगकर्ताको सबै नालीबेली पत्ता लगाइसकेको हुन्छ ।
प्रयोगकर्ताको बारेमा फेसबुकले जति धेरै जानकारी संग्रहित गर्दछ त्यो अरु कुनैपनि सोसल साइटले गर्दैनन् । फेसबुकले तपाइँको बारेमा ९८ प्रकारका जानकारी एकट्ठा गर्दछ र तिनै जानकारीका आधारमा तपाइँको वालमा विज्ञापन देखाइदिन्छ ।
फेसबुकले प्रयोगकर्ताको लोकेसन, कमाइ, मन पर्ने तथा नपर्ने कुरा, तपाइँको विद्यमान आवश्यकता, पछिल्लो पटक अनलाइनमा सर्च गरेको कुरा, निकटतम साथीसँग फेसबुकमा भएको च्याटको कि वर्ड लगायतका सबै कुरा फेसबुकले जानेको हुन्छ ।
यी सबै मिलाएर प्रयोगकर्ताको प्रोफाइल तयार हुन्छ । अनि विज्ञापनदाताले आफ्नो विज्ञापन यस्तो प्रोफाइलवाला मानिसको वालमा डिस्प्ले होस् भनी जाहेर गरेको इच्छाका आधारमा सोही प्रकारका प्रोफाइलवाला फेसबुक प्रयोगकर्ताको वालमा विज्ञापन डिस्प्ले हुन्छ ।
फेसबुकको मान्यता यो छ की कुनैपनि विज्ञापन यस्ता फेसबुक प्रयोगकर्तालाई देखाइन्छ त्यो उक्त प्रयोगकर्ताका लागि कामलाग्ने होस् ।
धेरै मानिसहरुको बानी आफ्नो स्मार्टफोन वा निजी कम्प्युटरमा फेसबुक लगइन गरिसकेपछि लगआउट नै नगर्ने हुन्छ । यसरी फेसबुक अकाउन्ट लगआउट नगरीकनै अन्य अनलाइनहरु हेरिरहँदा फेसबुकले प्रयोगकर्ताको अनलाइन गतिविधि सम्बन्धी जानकारीहरु समेत थाहा पाउँदछ ।
लगआउट गरिसकेपछि समेत फेसबुकसँग तपाइँको बारेमा थुप्रै जानकारी पुगिरहेका हुन्छन् । पटक पटक जब तपाइँ कुनै पेज लाइक तथा शेयर गर्नुहुन्छ तब त्यसको बारेमा फेसबुकले पूरै जानकारी त लिएकै हुन्छ ।
धेरै अनलाइन कम्पनीहरुले वेबसाइटमा रहेको आफ्नो फेसबुक पेजमा समेत लाइक गर्न अह्राइरहेका हुन्छन् र यसरी लाइक गरेसँगै तपाइँ उक्त साइट वा एपमा जे गर्नुहुन्छ त्यो पूरै जानकारी फेसबुकमा पुग्दछ ।
नाम, उमेर, शहर, लिंग आदि जस्ता व्यक्तिगत जानकारीहरुबाट तपाइँको फेसबुकको प्राइमरी प्रोफाइल बनेको हुन्छ । फेसबुक अकाउन्ट तयार गरिसकेपछि त्यसमा तपाइँले गर्ने अन्य समग्र क्रियाकलापका आधारमा फेसबुकले तपाइँको सेकेन्डरी वा डिटेल्ड प्रोफाइल तयार गरेको हुन्छ ।
जागिर, कम्पनीहरु, गाडी खरीद गरेको वर्ष, तपाइँको शौख, परिवारको विदा लगायतका जानकारीको मद्धतले फेसबुकले त्यस्तै कम्पनीहरुको विज्ञापन तपाइँलाई देखाउँदछ ।
सन् २०१६ को दोश्रो त्रैमासिकमा मात्र विज्ञापनबाट फेसबुकले ६७ हजार करोड रुपैयाँ कमाउन सफल भयो । यो गत वर्षको भन्दा ६३ प्रतिशत बढि हो ।
फेसबुकको मूलमन्त्र यो छ की जति धेरै सकिन्छ प्रयोगकर्ताको डाटा संग्रहित गर्ने । त्यसपछि विज्ञापनदाता कम्पनीहरुका लक्षित वर्गसम्म सोही जानकारीका आधारमा फेसबुकमा विज्ञापन पूराउने ।
के फेसबुकको यस्तो विज्ञापन आतंकबाट बँच्न सम्भव छ त ? यदि तपाइँले फेसबुक चलाउने हो भने यो सम्भव छैन । आजकल फेसबुकमा अनलाइन शेयर गर्ने चलन यसरी बढेर गएको छ की यसले प्रयोगकर्ताको वालमा विज्ञापनको बाढी झनै बढेको छ ।
अन्य वेबसाइटहरुमा विज्ञापन बन्द गर्ने एड ब्लकर जस्ता ब्राउजर एक्सटेन्सनले विज्ञापन रोकिदिन्छन् । तर यदि तपाइँले आफ्नो कम्प्युटरमा यस्तो ब्राउजर एक्सटेन्सन हाल्नुभयो भने फेसबुकले काम नै गर्दैन । वास्तवमा यस्ता एड ब्लकर विरुद्ध फेसबुकको अहिले तिव्र लडाइँ नै चलिरहेको छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy