Ads

Friday, August 26, 2016

त्रिशूलीमा ट्रक खस्यो, सात जनाको उद्धार

Posted By: Samsung - 9:03 PM
Loading...


भदौ ११, चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट आज बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका सात जनाको प्रहरीले उद्धार गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार मुग्लिनबाट बालुवा लिएर नारायणगढतर्फ आउँदै गरेको ना३ख ४५५६ नंको ट्रक त्रिशूली नदीमा खसेको हो । ट्रक पानीमा डुबेको अवस्थामा छ । ट्रकबाट तीन बालबालिका, दुई महिला र दुई पुरुषको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

घटनास्थलमा रहनुभएका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार घाइते भएका उनीहरुलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ । घाइते हुनेमा चालक र सहचालक पनि छन् । 

करिब बिहान ७ बजेतिर ट्रक खसेको अनुमान गरिएको छ । उनीहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोलीले उद्धार गरेको हो । सोही क्षेत्रमा बिहीबार मात्रै यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा २२ जनाको मृत्यु, १६ जना घाइते र चार जना बेपत्ता भएका थिए ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy