Ads

Friday, August 19, 2016

महेश भट्ट चाहन्छन्–‘आलियाको फिल्म असफल होस्’

Posted By: Samsung - 3:40 AM

कुनै पनि पिताले आफ्नो सन्तानका लागि के–के सपना देख्छ होला । अझ, सन्तानको सफलतामा उसको पिता कति खुशी हुन्छ होला । तर, बलिउडका एक यस्ता पनि निर्देशक छन्, जसले आफ्नी छोरीको चलचित्र असफल होस् भनेर कामना गरेका छन् ।
अहिले बलिउडमा नायिका आलिया भट्ट सफलताको साथ अगाडि बढिरहेकी छिन् । आलिया छोटो समयमै बलिउडकी सफल र चर्चित नायिका हुन् । तर, उनका पिता महेश भट्ट भने आलियाको चलचित्र असफल होस् भनेर कामना गरिरहेका छन् ।
आलियाका पिता महेशले भने–‘म चाहन्छु आलिया असफल होउन् । किनकी, उनले सफलताको मुल्य वुझ्नुपर्छ ।’ छोरी असफल हुँदा सफलताको मुल्य वुझ्ने महेशको भनाई छ । महेशको यो भनाइमा आलियाको कुनै प्रतिक्रिया आएको छैन ।
तर, महेश आलियाको करिअरमा खराब दिन पनि आओस् भनेर कामना गरिरहेका छन् । हुनत, महेशले छोरीको बिषयमा विवादस्पद बयान पहिलो पटक दिएका होइनन् । उनले यस अगाडि पनि पूजा भट्टलाई लिएर विवादस्पद बयान दिइसकेका छन् ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy