Ads

Friday, August 19, 2016

बन्द भएको ४ वर्षपछि काठमाडौं–दुबई उडान शुरु गर्यो वायुसेवा निगमले

Posted By: Samsung - 3:43 AM

भदौ ३, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को काठमाडौं–दुबई सीधा उडान शुरु भएको छ । विमान अभावका कारण बन्द भएको झण्डै चार वर्षपछि निगमले पुनः बिहीबारदेखि नियमित उडान शुरु गरेको हो । बिहीबार राति ११ः२० बजे १५८ यात्रु लिएर दुबई उडेको निगमको एयरबस शुक्रबार बिहान १०ः२५ बजे काठमाडौं फिर्ता भएको निगमका कर्पोरेट निर्देशक एवम् प्रवक्ता रामहरि शर्माले बताए । उनका अनुसार निगमको १५८ सिट क्षमताको ए– ३२० एयरबस काठमाडौंबाट क्याप्टेन रवीन्द्रपुरुष ढकालको नेतृत्वको चालक दलले उडान गरेको थियो भने दुबईबाट फर्कंदा क्याप्टेन विजय लामा नेतृत्वको आठ सदस्यीय टोलीले उडाएको थियो ।
प्रवक्ता शर्माले निगमप्रति सम्बन्धित क्षेत्रले पुर्‍याएको सहयोग र यात्रुको विश्वासले उत्साहित बनाएको भन्दै यसमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरे । उनले निगमको नियमित तालिकाअनुसार उडान हुने र आइतबारका लागि पनि १५८(पूरै सिट) बुकिङ भएको बताए ।  निगमको कार्यतालिकाअनुसार निगमले सातामा तीनओटा उडान गर्नेछ । काठमाडांैबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ ।
काठमाडौंबाट दुबई उडान अवधि चार घण्टा ४० मिनेट र दुबईबाट काठमाडौं आउन चार घण्टा १५ मिनेट समय लाग्ने बताइएको छ । काठमाडौं–दुबई उडानको शुरुको प्रवद्र्धनात्मक भाडा दर दुईतर्फी रू. ३२ हजार तोकेको निगमले बताएको छ ।
निगमले अहिले दुई एयरबस र एउटा बोइङ जहाजमार्फत अन्तरराष्ट्रिय उडान गरिरहेको छ । हाल निगमले भारतको नयाँ दिल्ली, मुम्बई, बैङ्लोर, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैङ्कक, कतारको दोहा र हङ्कङमा उडान भर्दै आएको छ । दुबई उडान शुरु गरेपछि निगमको आठओटा उडान गन्तव्य पुग्नेछ । विसं २०४१ माघदेखि दुबईमा शुरु भएको निगमको व्यावसायिक उडान सन् २०१२ अगस्टदेखि बन्द भएको थियो । रासस

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy