Ads

Friday, August 19, 2016

कोमल वलीलाई स्टेजमै चुम्मा खाए चिफ मिनिस्टरले !

Posted By: Samsung - 3:37 AM

तीजको अवसरमा आयोजित विभिन्न कार्यक्रमका लागि गायिका कोमल वली अष्ट्रेलियाको विभिन्न सहर पुगिन् । तीज कार्यक्रममा सहभागी हुने क्रममा डार्विनमा पुग्दा उनको मुख रातै हुने अवस्था आयो ।
कार्यक्रममा मुख्य अतिथि निम्त्याइएका थिए नर्थ टेरिटरीका मुख्य मन्त्री एडम ग्लिस । त्यहाँका मेयर, सभासदहरूका साथै अष्ट्रेलियालीहरूको पनि बाक्लै जमघट थियो ।
ढिलो गरी कार्यक्रमस्थल पुगेकी कोमललाई हलमा मुख्यमन्त्री एडमले हात बढाएर स्वागत गरे । कुराकानी गर्दै फोटो पनि खिचाए ।
गीत गाउन कोमल स्टेजमा पुगे लगत्तै एडमलाई स्टेजमा बोलाइन् । ढाकाको गलबन्दी लगाइदिँदै भनिन् ‘दिस इज ए टोकन अफ लभ फ्रम नेपाल ।’
एडम्सको खुसीको सीमै रहेन । कोमलको गालामा चुम्दै उनले भने ‘दिस इज लभ फ्रम नर्थ टेरीटरी’ ।
हलमा भएका सबैले जोडदार ताली बजाए । हल गुञ्जायमान भयो ।
कोमलले सुरुवातमा ‘बाँझो खेतमा’ गाउन थालिन् । उनले मुख्यमन्त्री एडमलाई हात समाएर नाच्न आग्रह गरिन् । यसरी निम्ता नै आएपछि एडम किन पो पछि हट्थे ! नेपाली लोकगीतमा कम्मर मर्काएर नाच्दै आफ्नो ठाउँमा गएर बसे ।कोमल मख्ख परिन् र मुख्यमन्त्रीलाई संस्कारयुक्त व्यक्ति भएको टिप्पणी गरिन् । एनआरएन नर्थ टेरिटरीका अध्यक्ष निरज गरूङले एडमलाई कोमलको टिप्पणी सुनाइहाले ।
एडम फेरि कोमल भए ठाउँमा पुगेर उनलाई अंकमाल गर्दै चुम्बन गरे ।


त्यसपछि पनि कोमलका अरु गीतको सुरमा मुख्यमन्त्री लगभग एक घन्टासम्म नाचिरहेका थिए । यसपालिको नयाँ गीत ‘लास्टै चोटि हो’ बाट पनि कोमलले सबैलाई नचाइन् । एनआरएन एनटीका उपाध्यक्ष युगराज अधिकारी भन्दै थिए ‘चाँडै जानु छ भन्दै थिए मुख्यमन्त्री, हाम्रो कोमल दिदीलाई देखेपछि रोकिए !’
कार्यक्रम सकिने चरणमा थियो । फेरि स्टेजमा उक्लिए मुख्यमन्त्री । तेस्रो पटकको स्टेज प्रवेश कोमलसँग बिदाइका लागि रहेछ । कानमै मुख जोडेर केहीबेर कुरा गरे । कोमलको दुवै गालामा फेरि लामो चुम्बन गरे । त्यसपछि हात हल्लाउँदै बिदा भए ।
कोमलले जिस्किँदै स्टेजबाट भनिन् ‘चारपटक चुम्मा खाए चिफ मिनिस्टरले । मेरो श्रीमान् भएको भए त खत्तमै हुने रहेछ !’

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy