Loading...
भाद्र १४, २०७३ विश्वकप छनोटअन्तर्गत उरुग्वे र भेनेजुएलाबिरुद्ध खेल्न लागेको अर्जेन्टिनाका चोटग्रस्त खेलाडीको सूचीमा लियोनल मेसीको नाम थपिएको छ । स्पेनिस क्लब बार्सिलोनाले आफ्ना स्टार खेलाडीलाई ह्यामस्ट्रङ समस्याले सताएको पुष्टि गरेको छ । चोटका कारण सर्जियो अग्युरो र जाभियर पास्टोरीलाई गुमाएको अर्जेन्टिनाले विश्वकप छनौट अन्र्तगतको महत्वपुर्ण खेलमा मेसीको चोटले सताएको छ । हिजो गरिएको मेडिकल परिक्षणमा मेसीको बाँया खुट्टामा चोट देखिएको छ । कोपा अमेरिकाको फाईनलमा चीलिसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा लिएका मेसी समर्थकको चर्को दबाबपछि अर्जेन्टिनी जर्सीमा पुनरागमन गर्दैछन् । अर्जेन्टिनाले दक्षिण अमेरिकी महादेश छनोट अन्र्तगत अगामी सनिबार उरुग्वेसँग खेल्दैछ ।
Loading...


0 comments:
Post a Comment