Ads

Tuesday, August 30, 2016

दुबईमा निर्माणाधीन गगनचुम्वी भवनमा आगलागी, सयौं कामदार भागेर ज्यान बचाए

Posted By: Samsung - 11:16 PM
Loading...


दुबई, १५ भदौ । संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा एक २८ तले विशाल भवनमा मङ्गलबार आगलागी हुँदा त्यहाँ कार्यरत सयौँ कामदार भागेर ज्यान बचाउन सफल भएका स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
आगलागीका कारण कसैको मृत्यु भएको खबर भने प्राप्त भएको छैन ।
(भिडियो हेर्नुहोस)

Loading...
गगनचुम्बी भवनमा आगलागी भएपछि सयौँ कामदार भागेर ज्यान बचाउन सफल भएका थिए भने दमकल तथा हेलिकोप्टर भवनभित्र बाँकी रहेका कामदारलाई उद्धार गर्ने कार्यमा तत्कालै जुटेका युएइबाट प्रकाशन हुने दैनिक पत्रिका द नेशनलले बताएको छ ।
स्थानीय समयानुसार करिब १०ः३० बजेको समयमा आगलागी सुरु हुँदा भवनको सबै भागमा मजदुरका समूहहरु आफ्नो काममा व्यस्त रहेका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
भवनको अधिकांश काम सकिएको अवस्थामा यहाँ कार्यरत मजदुरले भवनको फिनिसिङ (अन्तिम चरणको काम) गर्दै थिए ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy