Ads

Monday, April 3, 2017

कांग्रेसले सात प्रदेशमा चुनावी सभा गर्ने, मिति र स्थान तोकियो

Posted By: Samsung - 5:01 PM

काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारप्रसारका लागि सातै प्रदेशमा शीर्ष नेताको सहभागितामा आमसभा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको आज बसेको बैठकले पार्टीको प्रचारप्रसारका लागि सातै प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शङ्शाक कोइरालालगायत शिर्ष नेताको सहभागितामा आमसभा गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Loading...

समितिका संयोजक एवम् पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडलको अध्यक्षतामा बसेको बैठकले प्रदेश नं ७ को कैलालीमा यही चैत्र २७ गते, प्रदेश नं ५ को दाङको तुलसीपुरमा चैत्र २८ र रुपन्देहीमा चैत्र २९ गते, प्रदेश नं ४ को कास्की, पोखरामा चैत्र ३० गते, प्रदेश नं २ को धनुषा, जनकपुरमा चैत्र ३१ गते र प्रदेश नं १ को झापामा आगामी वैशाख २ गते आमसभा गर्ने निर्णय गरेको हो ।
त्यस्तै प्रदेश नं ३ र प्रदेश नं ६ को आमसभाको स्थान र मितिपछि तय गर्ने मुख्यसचिव पौडेलले बताउनुभयाो । सम्बन्धित प्रदेशभित्रका केन्द्रीय सदस्यहरुले प्रदेशमा हुने आमसभामा समन्वय र सहयोग गर्ने जिम्मेवारी तोकिएको छ । समितिका कामलाई प्रभावकारी रुपमा अघि बढाउन समितिअन्तर्गत समन्वय उपसमिति पनि गठन गरिएको पार्टी कार्यालयले जनाएको छ ।
समितिअन्तर्गत आर्थिक स्रोत परिचालन समन्वय उपसमिति, प्रचार–प्रसार समन्वय उपसमिति, सुरक्षा समन्वय उपसमिति, मतदाता शिक्षा तथा सचेतना समन्वय उपसमिति, निर्वाचन अनुगमन समन्वय उपसमिति, निर्वाचन आयोग समन्वय उपसमिति गठन गरिएको छ ।
समितिले भोलि मंगलबार पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्व सांसदहरु र शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीसँग पार्टीको केन्द्रीय कार्यालयमा छलफल गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै पूर्वराजदूत, पूर्वप्रशासक र पूर्वसुरक्षा अधिकारीसँग चैत्र २३ गते छलफल गर्ने कार्यक्रम तय गरेको छ । रासस

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy