Ads

Wednesday, April 5, 2017

मधेसी मोर्चा चुनावमा आउने सुनिश्चित भए दुई चरणमा चुनाव

Posted By: Samsung - 7:18 PM

चैत २४, काठमाडौं । प्रमुख सत्ता साझेदार कांग्रेसले मधेसी मोर्चा चुनावमा आउने सुनिश्चित भए एकै चरणमा चुनाव हुनुपर्ने आफ्नो पूर्ववत अडानमा केही लचिलो हुने भएको खबर आजको कान्तिपुरमा छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ दलभित्रै मोर्चाको मागबारे साझा धारणा बनाउन बुधबार बालुवाटारमा कांग्रेसका दोस्रो तहका नेताहरूसँग छलफल गरेका थिए ।
छलफलमा सहभागी कांग्रेस नेताद्वय कृष्णप्रसाद सिटौला र रमेश लेखकले मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि दुई चरणको विकल्पमा केन्द्रीत रहेर विकल्प खोज्न जोड दिए । पहिलो सरकारले अहिले प्रस्तुत गरेकै विधेयकलाई मतदानमा लैजाने। दोस्रो सरकार र मोर्चाबीच गठित अनौपचारिक कार्यदलले तयार पारेको संविधान संशोधनको पाँच विषयलाई अघि बढाउने।
मोर्चाका पछिल्लो माग सम्बोधन गुर्नपर्ने अवस्था भएमा केही समय लाग्ने भएकाले मधेसका करिब ११ जिल्लामा दोस्रो चरणमा चुनाव गर्ने गरी समझदारी बनाउन कांग्रेसलाई लचिलो भइदिन प्रधानमन्त्री पुष्पकमल दाहालले आग्रह गरेको स्रोतले बताएको छ ।
Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy