Ads

Sunday, April 2, 2017

पक्रँदा पक्रिँदै बाबुरामलाई विमलेन्द्रको फोन ! सुनिए त मरीजाऊँं !

Posted By: Samsung - 12:44 AM

२० चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुरामलाई प्रहरीले सडकमा ठेलठाल गरेर पक्राउ गर्दैथियो, त्यहीबेला गृहमन्त्री विमलेन्द्र निधीले टेलिफोन गरे ।

हल्लाखल्लाका कारण मन्त्री निधीको कुरो पूर्वप्रधानमन्त्रीले राम्ररी सुन्न सकेनन् । एकापटि्टको कानको दुलो टाल्दा पनि डा. भट्टराईले गृहमन्त्रीको कुरो बुझेनन् ।
तस्वीरमा देख्न सकिन्छ, पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई प्रहरीले पक्राउ गर्न लागेको छ र भट्टराईले एकातिरको कान थुनेका छन् । अर्कोपट्टकिो कानमा मोबाइल टाँसिएको छ, तर राम्रोसित देखिँदैन । उनी आक्रोशित जस्ता देखिन्छन् ।
डा. बाबुरामलाई प्रहरीले पक्राउ गर्नै लाग्दा गृहमन्त्री विमलेन्द्र निधीले टेलिफोन गरेका थिए । मोबाइलको घण्टी बजेपछि बाबुरामले फोन त रिसिभ गरे, तर मन्त्रीले किन फोन गरेका हुन् भन्ने बुझ्न सकेनन् । कान थुन्दा पनि निधीको कुरो डा. भट्टराईले बुझेनन् । त्यसपछि निधीसँग उनले एकतर्फी कुरो गरे ।
पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिमाथि प्रहरीले दुर्व्यवहार गरेको र शान्तिपूर्ण प्रदर्शनमा गिरफ्तार गरिएको भन्दै आक्रोशित बनेका डा. भट्टराईले निषेधित क्षेत्र तोडेरै छाड्ने चेतावनी दिए ।
फोनबाट बाबुरामले गृहमन्त्री निधीलाई भने – ‘तपाईले संविधान मिचेर निर्णय गर्दा हुने, हामीले संविधानअनुसार चुनावचिन्ह देउ भन्न किन नपाउने ?’
सरकारले चुनाव चिन्ह नदिएको विरोधमा प्रदर्शनमा उत्रेका डा. भट्टराईले गृहमन्त्रीको कुरो नसुने पनि आफ्नो तर्फबाट चेतावनी दिँदै भने- ‘तपाईहरुले संविधानविरोधी निर्णय गर्नुभएको छ, हामी निशेधित घेरा तोड्छौं, चुनाव चिन्ह नपाएसम्म पछि हट्दैनौं ।’
Loading...

थुनाभित्रै धर्ना
यसैवीच सरकारले आफ्ना मागहरु पूरा नगरेसम्म प्रहरी कार्यालयबाट बाहिर ननिस्किने भन्दै पक्राउ परेका नेताहरुले प्रहरी कार्यालयभित्रै धर्ना सुरु गरेको जनाएका छन् ।
बाबुराम भट्टराईको नेतृत्वमा पक्राउ परेका दुई दर्जन बढी नेताहरुलाई २ नम्बर गण महाराजगञ्जमा राखिएको छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy