चैत्र १९, खैरेनीटार । तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाई र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा हुने नवौ खैरेनीटार महोत्सवको तयारी पुरा भएकोे छ । महोत्सव चैत्र २१ गते देखि २०७४ बैशाख २ गते सम्म सञ्चालन हुदै छ । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता हरिबहादुर थापाले जानकारी दिनुभयो ।
तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाईका सभापति अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका कार्यकारी निर्देशक काशीराम गैरे, तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाईका प्रथम उपाध्यक्ष इश्वर बहादुर विष्ट, खैरेनीटार बजार इकाईका द्धितीय उपाध्यक्ष हस्तबहादुर खड्का, आर्थिक निर्देशक समुन्द्रराम श्रेष्ठ लगायतले महोत्सववारे बोल्नुभएको थियो । प्रवक्ता हरिबहादुर थापाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव पूर्ण बहादुर कायस्थले गर्नुभएको थियो । सोहि अवसरमा शुक्लागण्डकी नगरपालिकाका नवआगन्तुक कार्यकारी निर्देशक काशीराम गैरेलाई स्वागत गरिएको थियो ।
महोत्सव नजिकिएसँगै खैरेनीटार बजारलाई दुलहीझै सिंगारिएको छ । बजार लगायत यसका आसपासका क्षेत्रहरुमा व्यानर ध्वजापताकाहरुले सजाईएको छ । महोत्सवमा २ सय बढि स्टलहरु बनिसकेको छ । महोत्सव अवधिभरिमा पाँच करोड बराबरको आर्थिक कारोवार र दुई लाख भन्दा बढि दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाई अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा सांस्कृतिक झाँकी, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं खरिद, धार्मिक एवं ऐतिहासीक स्थलहरुको पदयात्रा, राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती, कौरा नृत्य तथा गायन प्रतियोगिता, खुल्ला भलिबल प्रतियोगिता आकर्षणको रुपमा छ । साथै अटोमोबाइल्स प्रदर्शनी तथा बिक्रि, बाल उद्यान तथा रमाईलो मेला, कन्सर्ट, पुष्प प्रदर्शनी तथा बिक्रि, घरेलु उत्पादनहरुको प्रदर्शनी तथा बिक्रि, ताजा तरकारी, फलफूल प्रदर्शनी तथा खरिद बिक्रि, छेलो तथा तानडोरी प्रतियोगिता लगायतका कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।मेरोपाटीबाट
Loading...
Loading...


0 comments:
Post a Comment