चैत २२, तनहुँ ।
चर्चित गायक प्रमोद खरेलको डान्सिङ नम्बर लाईदेउ न मायाले बजारमा आएको छ । गीतको म्युजिक भिडियोमा प्रमोदले नायिका प्रियंका कार्कीसँग कम्मर मर्काएका छन् ।
गीतकार डिपी खनालको रचना र राजनराज शिवाकोटी संगीतमा रहेको गीत प्रमोदले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीत अहिले युट्युबमा टे«न्डिङमा समेत परेको छ ।
सुब्रत आचार्यको निर्देशनमा तयार पारिएको भिडियोको दृश्यलाई अर्जुन तिवारीले खिचेका हुन । दिक्षा क्रिएसनले निर्माण गरेको भिडियोको सम्पादक भने निशान घिमिरे हुन् ।
Loading...
Loading...


0 comments:
Post a Comment