चैत २२ तनहुँ ।सुमधुर स्वरकी धनी गायिका मुना थापा मगरको हाँसेर लाएको माया पछिल्लो समय रुदै रुदै छुटेको छ । तर गायिका थापाको माया वास्तविक जिवनमा नभई उनले स्वर दिएको नयाँ गीत जान्छु उँदै उँदैमा छुटेको हो । उक्त गीतमा गायिका थापालाई गायनमा युवा गायक शक्ति चन्दले साथ दिएका छन् । गीतको लय तथा शब्द सिर्जना पनि शक्ति चन्दले नै गरेका हुन ।
एसएनजि प्रोडक्सनमार्फत बजारमा आएको गीतमा हास्दै लाएको पिरती रुदै छुट्नुपर्ने अवस्थाको चित्रण गरिएको छ ।
गीतको भिडियोलाई पछिल्लो समयमा व्यस्त रहेका निर्देशक विक्रम चौहानले निदेृशन गरेका हुन् । भिडियोमा दुर्गेश थापा र निशाा मगरको अभिनय देख्न सकिन्छ । बासु बरालले क्यामेरामा कैद गरेको दृश्यलाई मिलन बिकले सम्पादन गरेका छन् ।
Loading...
Loading...


0 comments:
Post a Comment