चैत २४, खैरेनीटार । खैरेनीटारमा जारी नवौं संस्करणको खैरेनीटार महोत्सवमा बिहीबार पोखरा विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बृद्धी बहादुर थापालाई सम्मान गरिएको छ । राष्ट्रिय व्यक्तित्व सम्मान अन्र्तगत शुक्लागण्डकीका डा. थापालाई सम्मान गरिएको हो । थापालाई दोसल्ला र सम्मानपत्रले महोत्सव मुल संयोजक अर्जुनकुमार श्रेष्ठले सम्मान गर्नुभएको थियो । महोत्सवमा बैशाख ३१ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत सम्मान गर्ने जनाईएको छ । यसअघि महोत्सवले प्रजातन्त्रवादी प्राध्यापक संघका अधयक्ष जगत तिम्लिसिनालाई सम्मान गरिसकेको छ ।
महोत्सवको चौथो दिन २० हजार दर्शकले अवालेकन गरेको र ४० लाख बराबरको आर्थिक कारोबार भएको प्रवक्ता हरिबहादुर थापाले बताउनुभयो । बिहीबार लोकदोहोरी गायक राजु गुरुङ, चोलेन्द्र पौडेल,गायिका रमिला न्यौपाने, तुलसा जिसी, सरिता सारु लगायतका कलाकारले लोकदोहोरीमार्फत मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै हाँस्यकलाकार एस जोडी अजय रेग्मि र सुदिप खतिवडाको हास्यव्यंग प्रहसनले दर्शकलाई मज्जैले हसाएको थियो ।
यसैबिच बिहीबारदेखि युगल नृत्य प्रतियोगिता सुरु भएको छ भने कौरा गीत प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, पश्चिमाञ्चल गायन तारा प्रतियोगिताका प्रतियोगिहरुको कला प्रस्तुत गरिएको थियो ।
महोत्सवको पाँचौ दिन शुक्रबार चर्चित लोकदोहोरी गायक खुमन अधिकारी ,जिवन दाहाल, गायिका भुमिका गिरी, अनु गुरुङ लगायतको प्रस्तुति रहने कलाकार व्यवस्थापन तथा निर्णायक समितिका सदस्य उपेन्द्र तिम्सिनाले जानकारी दिनुभयो । तिम्सिनका अनुसार आज साँझ लाईभ कन्र्सट समेत रहेको छ ।
“आर्थिक , सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्र्धन, खैरेनीटार महोत्सव कला, सीप र संस्कृतिको संरक्षण” भन्ने नाराकासाथ सोमबारदेखि सञ्चालित नवौं खैरेनीटार महोत्सव बैशाख २ गतेसम्म चल्नेछ । २ सय २५ स्टल रहेको महोत्सवमा ५ करोड बराबरको आर्थिक कारोवार हुने र २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
Loading...
Loading...


0 comments:
Post a Comment