Ads

Sunday, April 2, 2017

गगनका प्रियले स्वास्थ्य डुबाए

Posted By: Samsung - 6:44 PM

काठमाडौं, २१ चैत । स्वास्थ्य मन्त्री गगन कुमार थापाले मातहतका विभाग र महाशाखामा सरुवा गरेका प्रमुखहरुले केही पनि प्रगति गर्न नसकेको समाचार छ ।
साँघु साप्ताहिकमा खबर छ– आपूर्ति ब्यवस्था महाशाखाले देशभरका अस्पताल र स्वास्थ्यचौकीका लागि उपकरण र औषधि खरिद गर्न सकेको छैन । जसका कारण देशका दुरदराज अस्पतालहरुमा आवश्यक उपकरण जडान हुन सकेका छैन ।
Loading...
आपूर्ति ब्यवस्था महाशाखाले यो आर्थिक वर्षमा १६ प्रतिशत बजेट पनि खर्च गर्न सकेको छैन । दोस्रो चौमासिक बितिसक्दा पनि १६ प्रतिशत खर्च हुन नसकेपछि अन्तिममा बढीमा १५ प्रतिशत खर्च भएपनि ३० प्रतिशत मात्र खर्च हुने देखिन्छ ।
आपूर्ति ब्यवस्था महाशाखाको प्रमुख डा. भीमसिंह टिंकरी छन् । डा. रमेश खरेलले आपूर्तिमा सरुवा गरे अरु निर्देशकले ६ माहिनामा गर्ने काम एक महिनामा गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । तर मन्त्री थापाले उनलाई असक्षमको संज्ञा दिँदै आपूर्तिको जिम्मा दिएनन् । सरुवा रोग अस्पतालमा खरेलले विरामीलाई प्राइभेट अस्पताल भन्दा राम्रो सेवा दिएर सबैको मन जितेका छन् ।
ब्यवस्थापन महाशाखामा मर्मतको बजेट परिचालन गरेका डा. नरेशप्रताप केशीले परिवार स्वास्थ्य महाशाखामा सरुवा गरे । उनले परिवार स्वास्थ्यमा गएको एक दुई महिनामै ९ करोड रुपैयाँ भन्दा बढीको काम गर्नका लागि टेण्डर गरिसकेका छन् ।
तर, इपिडिमियोलोजी महाशाखाका डा. भीम आचार्य र ब्यवस्थापन महाशाखाका प्रमुख डा. विकास देवकोटाले पनि केही क्षमता देखाउन सकेका छैनन् । डा आचार्य कांग्रेस हुँदा पनि महानिर्देशक नबनाएकाले रुष्ट भर्इृ विदेश भ्रमणतिर मात्र केन्द्रित भएका छन ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy