काठमाडौं, चैत – एमाले अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीलाई पित्तलको संज्ञा दिँदै आफ्नो पार्टी भने सुन भएको दाबी गरेका छन् ।
उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिमाथि कटाक्ष गर्दै उनले अब ति पार्टीको राजनीतिक भविष्य नै नरहेको भनि कठोर अभिव्यक्ति दिन भ्याए ।
कांग्रेसप्रति कटाक्ष गर्दै ओलीले भने–
–पहिला विपी गणेशमान हेरेर मान्छे कांग्रेस भएका थिए । अहिले शेरबहादुर देउवाको अनुहार हेरेर किन बसेका हुन् कांग्रेसमा ? गणेशमान हुँदा कांग्रेसले दुई तिहाई पनि ल्यायो तर अहिले केहि छैन । त्यहाँ बस्नुको औचित्य छैन । स्याउला हल्लाएर हुँदैन, ओइल्याइसक्यो । अब सूर्य हल्लाउन आउनुस्

माओवादीप्रति कटाक्ष गर्दै भने–
माओवादी अरुको पुच्छर समातेर बैरतणी तर्न खोज्दैछ । ४५ दिन भित्र प्रधानमन्त्रीले यो गर्छु उ गर्छु भने । तर ९ महिना हुँदा पनि आफूले बोलेको कुरा पूरा गर्न सकेका छैनन् ।
माओवादी अरुको पुच्छर समातेर बैरतणी तर्न खोज्दैछ । ४५ दिन भित्र प्रधानमन्त्रीले यो गर्छु उ गर्छु भने । तर ९ महिना हुँदा पनि आफूले बोलेको कुरा पूरा गर्न सकेका छैनन् ।
बाबुरामप्रति कटाक्ष गर्दै भने–
एकजना पीएचडी गरेको डाक्टर (बाबुराम भट्टराइ) छ । पहिला चाहिँ १७ हजार मान्छे मराउँदै हिँड्यो । शान्ति प्रक्रियामा आएपछि बुद्धि फिर्यो होला भनेको उस्तै रैछ । ६२ दलका ६३ जना मान्छे छैनन् चुनाव वहिस्कार गर्छौं भन्दै हिँडेका छन् ।
Loading...
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पार्टीमा प्रवेश गरेका हरुलाई सामुहिक सपथ ग्रहण गराउँदै ओलीले यस्तो कटाक्ष गरेका हुन् । उनले बैशाख ३१ गतेको लागि तय भएको चुनाव कसैले विथोल्न नसक्ने समेत बताए ।
‘चुनाव कसैले विथोल्न सक्दैन । जसरी पनि चुनाव हुन्छ’, ओलीले भने, ‘चुनावपछि एमालेले देश चलाउँछ । ’
उनले एमालेबाहेक अरु दलमा राष्ट्रियताप्रति कुनै चिन्ता नरहेको आरोप लगाउँदै भने– एमाले देशमा एकता चाहन्छ । हिमाल पहाड तराई मिलाएर लैजान चाहन्छ ।
सो अवसरमा ओलीले चुनावी अभियानको सुरुवात समेत गरेका थिए । एमाले काठमाडौंका अध्यक्ष कृष्ण राई पार्टीलाई पार्टीको झण्डा हस्तान्तरण गर्दै ओलीले चुनावी अभियान सुरुवात गरेका हुन् ।
Loading...

0 comments:
Post a Comment