Ads

Sunday, April 16, 2017

संघीय गठबन्धनको आन्दोलनः बैशाख १५ देखि बन्दै बन्द (सूचीसहित)

Posted By: Samsung - 3:14 AM

३ बैशाख, काठमाडौं । मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख ५ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । चुनावलाई बिथोल्ने उद्देश्यले मधेस थरुहट लिम्बुवान बन्ददेखि नेपालबन्दसम्मका कार्यक्रम घोषणा गरिएका छन् ।

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत मोर्चा गठबन्धनले आन्दोलन घोषणा गरेको हो ।
मधेसी मोर्चा र संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनका कार्यक्रममा बैशाख ५ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने, ७ गते लाठी जुलुस निकाल्ने र ९ गतेदेखि १२ गतेसम्म विभिन्न ठाउँमा आमसभा गर्ने बताइएको छ ।
बैशाख १२ देखि २७ गतेसम्म क्षेत्रीय स्तरका बन्दहरु र लाठी तथा मसाल जुलुसका कार्यक्रम छन् । २७ गतेदेखि चुनावलाई लक्षित गरेर आम हडताल गर्ने जनाइएको छ ।
चुनावमा उम्मेदवारी दर्ता गर्ने दिन बैशाख १६ गतेसमेत बन्दको घोषणा गरिएकाे छ ।
हेर्नुहोस् आन्दोलनका कार्यक्रम
‘स्थानीय चुनाव केन्द्र सरकारले गराउनु संघीयताको मर्मविपरित’
पत्रकार सम्मेलनमा संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधानमा स्वायत्त, संरक्षित र विशेष क्षेत्रहरुलाई मान्यता नदिई स्थानीय तहको चुनाव घोषणा गरिएकाले आफूहरुलाई मान्य नहुने बताए । स्थानीय चुनाव केन्द्र सरकारले गराउनु संघीयताको मर्मविपरित भएको दाबी समेत उनले गरे ।
यादवले भने, ‘सबैभन्दा पहिले संघीय संसद र प्रादेशिक विधायिकको निर्वाचन गराएपछिमात्रै प्रदेश सरकारको मातहत स्वायत्त क्षेत्र, विशेष क्षेत्र, संरक्षित क्षेत्र र गाउँपालिका, नगरपालिकासहित स्थानीय तहको निर्वाचन गराउनुपर्छ । यही नै संघीय लोकतान्त्रिक प्रणालीको मूल मर्म र आधार हो ।’
‘चुनावमा सेनाको परिचालन गलत’
उनले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने तर, त्यसमा अवरोध भए प्रतिरोध गर्ने चेतावनी दिए । सेना परिचालन गरेर चुनाव गराउँछु भन्नु तानशाही र अलोकतान्त्रिक हो भन्दै उनले भने, ‘सेना परिचालनबाट गरिएको चुनाव निष्पक्ष पनि हुँदैन, लोकतान्त्रिक पनि हुँदैन । जुन दिन सेनाको परिचालन हुन्छ, त्यही दिन लोकतन्त्रको हत्या हुन्छ ।’
सेनालाई नागरिक राजनीतिको क्षेत्रमा प्रवेश गराउने कार्य गलत भएको यादवले तर्क गरे । चुनावमा सेनाको प्रयोग गलत हो भन्दै उनले भने, ‘सेना परिचालन गराएर गर्ने चुनाव कहिँ पनि दुनियाँमा निष्पक्ष हुँदैन, स्वतन्त्र हुनसक्दैन र सेना परिचालन गरेर चुनाव गराउने तरिका निरंकुश प्रणाली नेपालमा थिएन अहिले गणतन्त्रमा कहाँबाट आयो ?’
निर्वाचन केन्द्रमा लाठी जुलुस गरेर जनतामा किन आतंक सिर्जना गर्न खोजेको भन्ने पत्रकारहरुको जिज्ञासामा यादवले भने, ‘एकदम शान्तिपूर्ण अहिंसात्मक हाम्रो आन्दोलन हुन्छ । यदि त्यहाँ दमन भयो भने फेरि जनताले जवाफ दिन बेर छैन । आन्दोलन गर्न पाउनु जनताको अधिकार हो लाठी मधेसी जनताको पहिचान हो ।’

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy